आज: २८ श्रावण २०७७, बुधबार | Wed, 12, Aug, 2020
FLASH NEWS

गाउँमै सञ्चालन भएको दन्त शिबीरमा पहिलो दिन ४ सय ६० जनाले सेवा लिए

कञ्चनजंघा अनलाईन १२ पुष २०७५, बिहीबार ०५:५२ मा प्रकाशित ( १ साल अघि) १२५ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, १२ पौष । जिल्लाको पश्चिमी क्षेत्रका नागरिकहरुलाई सेवा दिने उदेश्यका साथ सञ्चालन भएको दन्त शिबीरमा ४ सय ६० जनाले सेवा लिएका छन । छथर गाउँपालिकाको वडा नम्बर हमरजुङमा सञ्चालन भएको शिबीरमा आज पहिलो दिन गाउँपालिका क्षेत्रका ४० सय ६० जना नागरिकहरुले सेवा लिएको स्वास्थ्य शाखा छथर गाउँपालिकाका प्रमुख डम्बर चेम्जोङे बताउनु भयो । गाउँपालिका स्वास्थ्य शाखाले दन्त उपहार कार्यक्रमको रुपमा शिविरको आयोजना गरे सँगै यहाँका बिपन्न तथा आर्थीक कम्जोर भएका नागरिकहरुले गाउँमै सेवा पाएको गाउँपालिका प्रमुख सन्तोष तिगेलाले बताए ।

पुर्बाञ्चल डेन्टल अस्पताल प्रालिको साँझेदारी तथा छथर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पौष ११,१२र १३ गते सञ्चालन हुने शिविरमा गाउँपालिका भित्रका नागरिकले सेवा लिई रहेको स्वस्थ्य शाखाका सन्जित रसाईलीले बताए । पुर्बाञ्चल डेन्टल अस्पताल प्रालिका प्रमुख केशव प्रमुख रिमालको नेतृत्वमा रहेको ९ जनाको चिकीत्सकहरुको टोली सेवा दिँदै आएको गाउँपालिका प्रबक्ता राजन नेपालीले बताए । तिनदिनसम्म सञ्चालन हुने शिबीरमा गाउँपालिकाका तत्कालिन सुदाप,ओख्रे,फाक्चमारा,पञ्चकन्या हमरजुङ र आङदिमका नागरिकहरुले सेवा लिई रहेका छन् ।