आज: १० माघ २०७७, शनिबार | Sat, 23, Jan, 2021
FLASH NEWS

एकान्त मगर र खुशिका मग्ररातीको फिचरिङमा मुहारै राम्रो ’भिडियो सहित

कञ्चनजंघा अनलाईन १३ फाल्गुन २०७५, सोमबार १३:०५ मा प्रकाशित ( १ साल अघि) १४१ पाठक संख्या

आर पोखरेल, काठमाडौं,
सर्वाधिक लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा सजिएको डान्सिङ गीत ‘मुहारै राम्रो ’गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार दिलिप योञ्जनद्धारा लिखित आफनै छायाँले गीतमा समावेश भएको अर्को सर्वोकृष्ट गीत बजारमा आएको हो ।
आफनी मायालुलाई जुन नजरले हेर्दा पनि निकै आकर्षक लाग्ने कुरा लाई गीतमा समावेश गरिएको छ ।मायालुको हसिलो मुहार र नशालु आखाँको कारण प्रणय सुत्रमा बाँधिन सफल भएको कुरालाई गीतमा ब्यक्त गरिएको छ ।
अमेरिकामा बसोबास गरिरहेका गीतकार तथा समाजसेवी दिलिप योञ्जन तामाङको गीतमा शब्द तथा गीतमा राजेश थापाको संगीत रहेको छ । गीतलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । गीतको एरेन्ज साहस शाक्यले गरेका हुन । गीत जति उत्कृष्ट छ, भिडियामा पनि उतिकै प्रस्तुत गरिएको छ ।
रोनिश तामाङको छायाँकन , एकान्त मगरको सम्पादन तथा निर्देश भिडियोमा रहेको छ । ‘मुहारै राम्रो ’ गीतमा एकान्त मगर र खुशिका मग्ररातीको फिचरिङ रहेको छ ।
‘मुहारै राम्रो ’ गीतको भिडियो हेर्नुहोस ।