आज: ११ आश्विन २०७७, आईतवार | Sun, 27, Sep, 2020
FLASH NEWS

लालीगुराँस नपामा अन्तर्राष्ट्रिय महिला दिवस बिभिन्न कार्यक्रम गरी मनाईयो ।

कञ्चनजंघा अनलाईन २६ फाल्गुन २०७५, आईतवार ०१:३० मा प्रकाशित ( १ साल अघि) २७० पाठक संख्या

“लैंगिक समानताको लागी समान सोच र व्याबहार,संमृद्धिको आधार”भन्ने नाराको साथ आज लालीगुरास नगरपालिकाको बसन्तपुर बजारमा अन्र्तराष्ट्रिय महिला दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । मार्च ८ मा यो दिवश बिश्वभर सचेतनामुलक कार्यक्रमगरी मनाउन सुरु भए यता लाली गुरास नगरपालिकाको बसन्तपुरमा समेत बिभिन्न कार्यक्रम गरि मनाईएको हो ।

दिवसको अवसरमा आज लालीगुरास नगरपालिकाको बसन्तपुर बजारमा सचेतनामुलक ¥याली, नारी चेतनामुलक कबिता प्रतियोगी र गीत प्रतियोगीता सम्मन्न भएको छ । लालीगुरास नगरपालिकाका उप प्रमुख तिला पोख्रेलले ब्यानर पढी उत्घाटन भएको महिला दिबसमा लालीगुरास नगरपालिकाको निमिक्त प्रशासकीय अधिकृत कृष्ण घिमिरेले अन्र्तराष्ट्रिय महिला दिवस किन मनाईन्ने भन्ने बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

लालीगुरास नगरपालिका कार्यपालीकाको आयोजना तथा नगर स्तरीय महिला अधिकार मन्च, महिला शसक्तीकरण अभियान लालीगुरास, र महिला सन्जाल लालीगुरास नगरपालिकाको ब्यबस्थापन भएको कार्यक्रमा जिल्ला समन्वय समितीका सदस्य रेनुका खडका, बसन्त मा.बि का शिक्षक रामकृष्ण निरौला, श्रीमान स्मारक शिक्षा निकेतन मा.बि.का प्रध्यानाध्यापक ननु यादब, प्राथमिक स्वास्थ्य केन्द« बसन्तपुरका प्रतिनिधि महेन्द« कुमारी खडका, मौटमकालु बोडिङ स्कुलका शिक्षक गयराम चौधरीले आ–आफ्नो मन्तब्य राख्नुभएको थियो । दिवशको अवसरमा चेतनामुल कबिता प्रतियोगी, श्रीमान स्मारक शिक्षा निकेतन मा.बि. बिद्यार्थी चारु खडका प्रथम, मौटमकालु बोडिङ स्कुलका निशा बिक दोस्रो, बसन्त मा.बिका अस्किता पोख्रल तेस्रोभएका छन् भने गायन तर्फ सानु माया नेपाली प्रथम, लक्ष्मी नेपाली दोस्रो र प्रेमा अधिकारी तेस्रो हुनु भएको छ।दलित सचेतना समाज नेपाल र एक्सन एण्ड नेपालको सहजीकरणमा भएको दिवस लालीगुरास नगरपालिकाका उप प्रमुख तिला पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको लालीगुराँस नगरपालिकाका प्रेस सल्लाहकार राजकुमार तेयुङले जानकारी दिनुभयो ।यस्तै लालीगुरास नगरपालिकाको दागपामा पनि अन्र्तराष्ट्रिय महिला दिवस बिभिन्न कार्यक्रम गरि मनाईएको हाम्रा सहकर्मी तोर्ण बस्नेतले जानकारी दिनु भयो ।