आज: २८ श्रावण २०७७, बुधबार | Wed, 12, Aug, 2020
FLASH NEWS

‘केःसाङला’ लिम्बु फिल्म बैसाख २३ मा च्यारेटी सो हुदै काठमाडौमा ।।

कञ्चनजंघा अनलाईन २४ चैत्र २०७५, आईतवार ०४:१३ मा प्रकाशित ( १ साल अघि) १७२ पाठक संख्या

तेह्रथुम , २४ चैत

लिम्बू भाषा र सस्कृतीमा निर्मित चलचित्र ‘केःसाङ्ला’ आगामी बैसाख २३ गते राजधानी काठमाडौंमा विशेष च्यारिटी हुने भएको छ । शनिबार राजधानीमा एक समाहरोबीच फिल्मको एक गीत र ट्रेलर सार्वजनिक गर्दै च्यारेटी सो हुनेबारे जानकारी गराइएको हो ।

यसअघि यो फिल्म हङकङमा च्यारिटी शो भईसकेको छ । कार्यक्रममा कलम पोखरीस्थित बिग मूमिजमा ‘केःसाङला’को विशेष च्यारिटी शो गरिने जनाउँदै उक्त शोबाट उठेको रकममध्ये केही प्रतिशत झापाको कमल गाउँपालिकाका मिगौला रोगबाट पीडित निर्मल फियाक लिम्बूको उपचारमा सहयोग गर्ने जनाइएको छ । फियाक केही समययता दुवै मिगौला रोगबाट पीडित रहेका छन् ।

लोकेश साँवा लिम्बू निर्दे्शित फिल्म ‘केःसाङला’मा लिम्बू समुदायको परम्परागत बाजा च्याब्रुङको बायाँ भाग हिर्काउने सामाग्रीको कथालाई चित्रण गरिएको छ । साथै फिल्ममा लिम्बू जातिको रहन–सहन तथा विवाह संस्कुतिलाई पनि उजागर गरिएको छ ।

फिपरानी तुम्बाहाङ्फे, बिष्णुकुमार पन्धाक, भीमकुमार तुम्बाहाङ्फे र सञ्जय तुम्बाहाङ्फेको संयुक्त निर्माण रहेको यस फिल्ममा देबेन्द्र खापुङको कथा र पटकथा रहेको छ ।

फिल्ममा बिशाल सेनेहाङ ,भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बु, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पयाँगु, कुमार सुब्बा, कुमार लिम्बु, महिमा लिम्बु र गंगा तुम्बाहाम्फेलगायतको अभिनय रहेको छ भने छायाँकन भुपेन्द्र तुम्बाहाम्फेको रहेको छ ।

सयौको संख्यामा म्यूजिक भिडियोको निर्देशन गरिसकेको निर्देशक शाँवा ‘केःसाङला’ फिल्मबाट दर्शक र शुभेच्छुकहरुबाट निकै माया पाउने आशामा छन् ।