आज: २० जेष्ठ २०७७, मंगलवार | Tue, 02, Jun, 2020
FLASH NEWS

मुटु रोगी सरीता बिकलाई महिला समुहद्धारा सहयोग

कञ्चनजंघा अनलाईन २ जेष्ठ २०७६, बिहीबार ०९:४८ मा प्रकाशित ( १ साल अघि) १९ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, २ जेठ । आर्थीक कम्जोरीका कारण उपचारमा समस्या भएकी तेह्रथुम छथर गाउँपालिका २ हमरजुङ की सरीता बिकलाई आर्थीक सहयोग प्रदान गरीएको छ । मखमली महिला बहुउदेश्य सहकारी संस्था लिमीटेड हमरजुङले रकम संकलन गरी उनका श्रीमान लिलम बिकलाई संस्थाका अध्यक्ष होमकुमारी बिक र सचिब तिलमाया लिम्बुले संयुक्त रुपमा प्रदान गरेका थिए ।

संस्थाले बिकको उपचारका निम्ती २२ हजार ६ सय ३० रुपैयाँ रकम संकलन गरी उनका श्रीमानलाई प्रदान गरीएको संस्थाका सदस्य झुमा लिम्बुले बताईन । उनको मुटुको दुईवटै भल्भ खराब भएको र उपचारमा समस्या भएकोले सहयोगका लागी रकम संकलन गरीएको संस्थाले जनाएको छ । उनको उपचार काठमाडौ स्थीत गंगलाल हुदय केन्द्रमा उपचार भई रहेको छ । बिकको भल्भ अपरेशनको तयारी भई रहेको चिकीत्सकहरुले बताएको उनका श्रीमानले बताए । लागी १ छोरा १ छोरी रहेका बिक बिगत ५ बर्ष देखी मुटु रोगले ग्रसित हुँदै आएकी थिईन् ।