आज: १७ मंसिर २०७७, बुधबार | Wed, 02, Dec, 2020
FLASH NEWS

धरानमा बैकका कर्मचारीलाई गोली हानेर पैसा लुटियो

कञ्चनजंघा अनलाईन १२ जेष्ठ २०७६, आईतवार १३:०१ मा प्रकाशित ( १ साल अघि) २२६ पाठक संख्या

धरान । धरानमा दिउँसै गोली हानेर एक जना लुटिएका छन । जिवन विकास संस्था बैकको कर्मचारीलाई गोली हानेको प्रहरीले जनाएको छ ।

गोली लागेर कर्मचारी शम्भुप्रसाद गच्छदार घाईते भएको प्रहरीले जनाएको छ । रातो स्कुटरमा आएको तीन जनाको समुहले गोली हानेर पैसा लुटेर फरार भएको छन । जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले घाईतेको धरान स्थित विपि कोईरालाल विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।

पैसा कति लग्यो भनेर अहिले सम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । गोली हानेर पैसा लुटिए सँगै धरानमा प्रहरी चारै चेक पइन्ट कडा निगरानी गरिरहेको छ । चारकोशे जङगल आसपासमा बाक्लो संख्यामा प्रहरी परिचालन भएका छन ।