आज: ११ आश्विन २०७७, आईतवार | Sun, 27, Sep, 2020
FLASH NEWS

क्यान्सरले ग्रासीत लिला परियारलाई भेट्दा रोकीएनन् आँशु, अमेरीकाबाट धुर्वको सहयोग (भिडियो)

कञ्चनजंघा अनलाईन २१ जेष्ठ २०७६, मंगलवार ०२:१० मा प्रकाशित ( १ साल अघि) १०७ पाठक संख्या

काठमाडौं । पाठेघरको क्यान्सरसंग संघर्ष गर्दै आएकै हेमजाकी लिला परियारलाई हेमजाका स्थानीय हाल अमेरीका रहेका धुर्व कुँवरबाट आर्थिक सहयोग भएको छ ।

कुँवरले रु. १५ हजार रुपैया सहयोग गरेका हुन् । लिला र धुर्व कुनै समय एउटै कक्षाबा बिद्यार्थी भएको र लिलाको आर्थिक अवस्था अत्यान्तै कमजोर भएकाले सहयोग गरेको अमेरीकाबाट बताएका छन् । उनले लिलाको उपचारका लागी अरु साथीहरुसंग पनि सहयोग मागेका छन् । यता लिलाको उपचारमा हाल सम्म करिब ६ लाख सकिएको र अझै उपचारमा धेरै खर्च हुने उनका श्रीमान् प्रकाश परियारले बताए । कमाएको सकियो, ऋण माग्ने ठाउंपनि छैन भन्दै अब अरुसंग सहयोगको हात फैलाउनुको बिकल्प नभएको भावुक हुदै बताए ।