आज: २८ श्रावण २०७७, बुधबार | Wed, 12, Aug, 2020
FLASH NEWS

ऐतिहाँसिक राँके मेलाको अबसरमा भब्य सांस्कृतिक कार्यक्रम हुने

कञ्चनजंघा अनलाईन ३१ असार २०७६, मंगलवार ०३:०२ मा प्रकाशित ( १ साल अघि) १७३ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, ३१ असार । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिका ३ पञ्चकन्यामा ऐतिहाँसिक राँके मेलाको अबसरमा भब्य सांस्कृतिक कार्यक्रम हुने भएको छ । परम्परा देखी लाग्दै आएको मेलामा सदाका बर्षहरुमा झै यस बर्ष पनी मिरमिरे याक्थुङ युबा क्लब छथर पञ्चकन्याको आयोजनामा हुने भएको हो ।
मौलिक कला संस्कृतीलाई संरक्षण गर्ने उदेश्यका साथ क्लबले बिगतका बर्षहरुदेखी नै सांस्कृतिक कार्यक्रमहरु गर्दै आएको क्लबका अध्यक्ष गनिन्द्र लिम्बुले बताउनु भयो । यही साउन २ गते हुने कार्यक्रममा प्रथम हुनेले नगद १० हजार प्रमाण पत्र प्राप्त गर्ने भएका छन । त्यस्तै दोश्रो हुनेले नगद ६ हजार प्रमाणपत्र र तेश्रो स्थान प्राप्त गर्नेले ४ हजार नगद सहित प्रमाणपत्र पाउने भएका छन । कार्यक्रममा तेह्रथुम,धनकुटा र पाँचथरका क्लबहरुको सहभागीता रहने क्लबले जनाएको छ ।