आज: १३ आश्विन २०७७, मंगलवार | Tue, 29, Sep, 2020
FLASH NEWS

लोप हुँदै गएको धान नाच संरक्षण गर्न कार्यक्रम

कञ्चनजंघा अनलाईन १४ श्रावण २०७६, मंगलवार ०१:१९ मा प्रकाशित ( १ साल अघि) ४४५ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, १४ साउन । नेपालमा बसोबास गर्ने बिभीन्न जाती तथा समुदायहरुको आ आफ्नै भाषा,कला,संस्कृती रहेको छ । बिभीन्न भाषा,कला संस्कृतीले भरीपुर्ण नेपालमा बसोबास गने लिम्बु समुदायको पनी छुट्टै मौलिक संस्कृती रहेकोपाईन्छ । यी समुदायको मौलिक संस्कृतीको रुपमा धान एकदमै लोपप्रियमौलिक संस्कृती हो ।

बिबाह,सुद्धाई, तथा बिभीन्न चाडपर्व र मेलाहरुमा नाचिने धाननाच यतीबेला बिरलैरुपमा मात्र देख्ने गरेको पाईन्छ । पहिले पहिले मायालु जोडीहरु धाननाचमापालाम गाउँदै माया पिरतीमा रमाउने गर्न गरेका थिए । सामान्य परिचय देखीसाईनो केलाउँदै मायाको डोरीमा बाँधीन्दै घरजम सम्म धाननाच माध्यमबाटपालाम गाउँदै जोडिने गथ्र्यो । धाननाचमा गाईने पालाममा मायालुजोडीहरुको मनको बह पोखाइने गरिन्थ्यो लिम्बु समुदायका तरुनी तन्नेरीहरुमा । समय सापेक्ष पालाम गाउँदै शुभ कार्य र अशुभ कार्य र मेलापर्महरुमा धान नाच्नेचलन थियो यी समुदायमा । पुर्बमा एकताका एकदमै लोकप्रिय धाननाच पछिल्लोसमय लोप हुँदै गएको छ ।पुस्ता हस्तान्तरण हुन नसक्दा पछिल्लो समय यो नाच लोप हुने अबश्थामापुगेको छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो । तर
तेह्रथुमका युबाहरु लोप हुँदै गएको लिम्बुहरुको मौलिक संस्कृती संरक्षणकालागी थोरै भएपनी जुट्न थालेका छन । धाननाच संरक्षणका लागी जिल्लाको छथरसुक्रबारे बजारमा परम्परादेखी लाग्दै आएको भदौरे पुर्णिमाको अबसरमाकार्यक्रम हुने भएको छ । रत्नदेबी युवा सेवा समाज र छथर खेलकुद बिकाससमितीको आयोजनामा कार्यक्रम हुने भएको समितीका अध्यक्ष अनिल आंखेवालेबताउनु भयो । लिम्बु समुदायको मौलिक धाननाच लोप हुँदै गएको बेलायहाँका क्लबले संरक्षणका लागी कार्यक्रम आयोजना गर्न लागेको आयोजकलेजनाएको छ ।खासगरी मायालु जोडी बिच मनको बह पोखाउने माध्यमको रुपमा धाननाचमागाईने पालामलाई लिईन्छ । कार्यक्रममा तरुनी र तन्नेरीहरु सहभागी गराउने तयारी भई रहेको धाननाच कार्यक्रम बिभाका संयोजक नारायण सुब्बाले बताउनुभयो । लिम्बु समुदायका तरुनी तन्नेरी देखी उमेरले डाड काटी सकेका आमाबुबाहरुलाई धाननाच भन्ने बितीक्कै एकदमै हौसिने गरेको पाईन्छ । धाननाचकार्यक्रम साउन ३१ गते हुने भएको आयोजकले जनाएको छ ।