आज: २४ असार २०७७, बुधबार | Wed, 08, Jul, 2020
FLASH NEWS

छथरमा पहिलो पटक चर्चीत गायक प्रमोद खरेल आउँदै

कञ्चनजंघा अनलाईन १९ श्रावण २०७६, आईतवार ०१:३९ मा प्रकाशित ( ११ महिना अघि) १३० पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, १९ साउन । नेपाली संगित क्षेत्रका चर्चीत नाम हो प्रमोद खरेल । उनको गित नसुन्ने बिरलै होलान् । सांगितीक क्षेत्रमा छुट्टै पहिचान बनाई सकेका खरेलले तेह्रथुमको छथर सुक्रबारेमा संगितीक धमका मच्चाउने भएका छन । खरेल छथर सुक्रबारे आउने भएपछी उनको सांगितीक प्रतिक्षा सुरु हुन थालेको छ । परम्परादेखी लाग्दै आएको ऐतिहाँसिक भदौ पुर्णीमा मेलाको अबसरमा आयोजित भब्य सांगितीक तथा सांस्कृतिक कार्यक्रममा खरेल आउने भएका हुन । नेपाली संगितीक आकाशका नक्षत्र खरेलको प्रस्तुतीको पर्खाई सुरु भएको गितसंगित प्रेमीहरुले बताउने गरेका छन । रत्नदेवी युवा सेवा समाज र छथर खेलकुद बिकास समितीको आयोजनामा हुन गई रहेको भब्य सांस्कृतिक तथा संगितीक कार्यक्रममा खरेलले प्रस्तुती दिने तयारी भई रहेको खेलकुद बिकास समितीका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । खरेल साउन ३० गते भदौ पुर्णिमा मेलाको दिन सांगितीक धमका मच्चाउने भएका छन ।
खरेल आउने भएपछी गाउँ टोल देखी छिमेकी बजार क्षेत्रका संगित प्रेमीहरु बिच चर्चा सुरु भएको छ । कार्यक्रममा राष्ट्रीय तथा स्थानीय कलाकारहरुले संगितीक मनोरञ्जन दिने तयारी भई रहेको समाजका सचिव सन्तोष सुबेदीले बताउनु भयो । मेला यही साउन ३० गतेदेखी भदौ ४ गते सम्म लाग्ने भएको छ ।