आज: ११ आश्विन २०७७, आईतवार | Sun, 27, Sep, 2020
FLASH NEWS

भदौ पुर्णिमा मेलाको अबसरमा आयोजना भलिबल प्रतियोगिताका लागि होटल व्यावसायी रामकाजी भट्टराईद्धारा ७ हजार सहयोग

कञ्चनजंघा अनलाईन २१ श्रावण २०७६, मंगलवार ०५:१२ मा प्रकाशित ( १ साल अघि) २४१ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, २१ साउन । जिल्लाको छथर सुक्रबारे बजारमा ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा आयोजना हुने स्थानीय तह स्तरीय दोस्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कप भलिबल प्रतियोगिताका लागी होटल ब्याबशायी रामकाजी भट्टराईले ७ हजार बराबरको सहयोग गर्नु हुने भएको छ ।
। छथर गाउँपालिका २ सुक्रबारे बजारमा होटल ब्याबशाय सन्चालन गर्दै आएका भट्टराईले खेलकुद क्षेत्रको बिकासका लागी सहयोग गरेको बताउनु भयो “खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” भन्ने मुल नाराका साथ परम्परादेखी लाग्दै आएको मेलाको अबसरमा स्थानीय तह स्तरीय दोस्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कप भलिबल प्रतियोगिताको आयोजना गर्न लागीएको हो ।

भलिबल प्रगियोगितामा बिजेताले नगद १ लाख १० हजार रनिङ कप प्रमाणपत्र र मेडल पाउने भएको खेलकुद बिकास समितीका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । त्यस्तै उपबिजेताले नगद ७० हजार रनिङ कप प्रमाणपत्र र मेडल पाउने भएका छन । त्यस्तै सोहीअबसरमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । फुटबलमा बिजेताले नगद ६७ हजार ५ सय प्रमाणपत्र र मेडल पाउने भएका छन । उपबिजेताले नगद ४० हजार प्रमाणपत्र र मेडल पाउने भएको समाजका सचिव सन्तोष सुबेदीले बताउनु भयो । खेलकुद तर्फ ब्यामिन्टन प्रतियोगिता हुने भएको छ । ब्यामिन्टन प्रतियोगितामा बिजेताले नगद १७ हजार ५ सय प्रमाणपत्र र मेडल पाउने भएका छन । उपबिजेताले ११ हजार ५ सय पाउने भएका छन । प्रतियोगिता यही श्रावण ३१ गतेबाट सुरु हुने आयोजक
जनाएको छ ।त्यस्तै नृत्य प्रतियोगिता तर्फ प्रथम हुनेले नगद ११ हजार ५ सय दोश्रो हुनेले ७ हजार ५ सय र तेश्रो हुनेले ४ हजार ५ सय नगद सहित प्रमाण पत्र पाउने भएका छन । नृत्य प्रतियोगिता यती साउन ३० गतेबाट सुरु हुने भएको छ । छथर गाउँपालिकाको आर्थीक सहयोग तथा रत्नदेबी युवा सेवा समाज छथर सुक्रबारे र छथर खेलकुद बिकास समितीको अयोजनामा मेला आयोजना हुने भएको समितीका अध्यक्ष आंखेवाले बताउनु भयो । प्रतियोगितामा पुर्बका बिभीन्न जिल्लाका स्थानीय तहरुको सहभागीता रहने भएको छ ।
पर्यटकहरुले छथरका पर्यटकीय गन्तब्यहरु मार्गपोखरी,साततले धाम,चाङलुङ गुफा,ताक्लुङ गढी,हाङमालुङ,सेप्माङलुङ,चाङसिङ गढी,बराह मन्दिर पञ्चकन्या ,योमुई चाम्खासिङ यक, थाक्चोलुङ मन्दिर लगायतका स्थानहरुको दृष्यालोकन गर्न सक्ने आयोजकले जनाएको छ ।