आज: २८ असार २०७७, आईतवार | Sun, 12, Jul, 2020
FLASH NEWS

छथरमा लिला राई सांगितीक प्रस्तुती हुने

कञ्चनजंघा अनलाईन २५ श्रावण २०७६, शनिबार ०७:१३ मा प्रकाशित ( ११ महिना अघि) ४९ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम ,२५ साउन । नेपाली संगितीक आकाशमा छुट्टै पहिचान लिला राई । उनको गित नसुन्ने संगित पारखी सायद कमै होलान् । धरान धनकुटा भेडेटार लगायत चर्चीत गितमा स्वर दिँदै आउनु भएका राईको संगितीक प्रस्तुती तेह्रथुमको छथर सुक्रबारेमा हुने भएको छ । पराम्परादेखी लाग्दै आएको ऐतिहाँसिक भदौ पुर्णीमा मेलाको अबसरमा आयोजित भब्य सांगितीक तथा सांस्कृतिक कार्यक्रममा राई प्रस्तुती हुने भएको छथर खेलकुद बिकास समितीका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो ।

यही साउन ३१ गतेका दिन राईको सांगितीक प्रस्तुती रहने भएको छ । मेला साउन ३० गतेदेखी भदौ ४ गते सम्म हुने भएको छ । मेलाको अबसरमा भब्य सांगितीक तथा सांस्कृतिक कार्यक्रमका साथै स्थानीय तह स्तरीय छथर गाउँपालिका अध्यक्ष रनिङ कप भलिबल प्रतियोगिता, खुल्ला पुरुष भलिबल प्रतियोगिता,ब्याडमिन्टन प्रतियोगिता लगायतका खेलहरु हुने भएका छन ।

त्यस्तै खुल्ला नृत्य प्रतियोगिताको साथमा लिम्बु समुदायको मौलिक धाननाच कार्यक्रम रहेको रत्नदेबी युबा सेवा समाजका सचिव सन्तोष सुबेदीले बताउनु भयो । छथर गाउँपालिकाको आर्थीक सहयोगमा छथर खेलकुद बिकास समिती र रत्नदेवी युवा सेवा समाजको आयोजनामा कार्यक्रम हुने भएको छ ।