आज: २४ असार २०७७, बुधबार | Wed, 08, Jul, 2020
FLASH NEWS

छथर ओख्रेमा तरुणदल गठन डन्जन सुवारको अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिती

कञ्चनजंघा अनलाईन २६ श्रावण २०७६, आईतवार ००:५० मा प्रकाशित ( ११ महिना अघि) ४३ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, २६ साउन । नेपाल तरणदल तेह्रथुमको छथर गाउँपालिका ५ ओख्रेमा गठन गरीएको छ । शनिबार सम्पन्न नेपाली कांग्रेसको भेलाले डन्जन सुवारको अध्यक्षतामा ६३ सदस्यीय गठन गरेको हो । भेलाले नविन ढकाल,भेषराज शंकर र बिष्णु लिम्बु उपाध्यक्षमा चयन हुनु भएको छ । त्यस्तै सचिवमा टिका ढकाल, सहसचिवमा कविता धिमाल र कोषाध्यक्षमा तारा ढकाल चयन हुनु भएको छ ।
वडा ईन्चार्चमा सिताराम लिम्बु र सह ईन्चार्चमा गुन्जन लिम्बु रहनु भएको छ । भेला तरुणदलका अध्यक्ष गुन्जन लिम्बुको अध्यक्षतामा सन्पन्न भएको थियो । भेला नेपाली कांग्रेसका महाअधीबेशन प्रतिनिधी टेकराज तिगेला, जिल्ला सदस्यीय डम्बर भट्टराई, छथर गाउँपालिका ६ का कार्यबाहक सभापती महेन्द्र मादेन तरुणदल जिल्ला उपाध्यक्ष बिकास जोशी त्यस्तै छथर गाउँपालिका ६ नम्बर तरुणदल अध्यक्ष बाबुराम कटुवाल नेपाली बिद्यार्थी संघ जिल्ला सहसचिव बिदुर बस्नेतको उपस्थितिमा सम्पन्न भएको थियो ।