आज: २४ असार २०७७, बुधबार | Wed, 08, Jul, 2020
FLASH NEWS

छथर गाउँपालिका अध्यक्ष कपमा ४ खेल सम्पन्न भोजपुर र धनकुटा सेमी फाइनलमा प्रबेश

कञ्चनजंघा अनलाईन २ भाद्र २०७६, सोमबार ०१:१५ मा प्रकाशित ( १0 महिना अघि) ४७ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, १ भाद्र । परम्परादेखी लाग्दै आएको ऐतिहासिक भदौ पुर्णिमाको अबसरमा तेह्रथुमको छथर सुक्रबारे बजारमा आयोजित दोश्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कप भलिबल प्रतियोगितामा आइतबार ४ खेल सम्पन्न भएका छन । आज भएको पहिलो खेलमा राम प्रसाद राई गाउँपालिका भोजपुरले बेलबारी नगरपालिका मोरङलाई २४–२६,१७–२५ र १८ – २५को सोझो सेटमा हराएको छ ।

त्यस्तै अर्काे खेलमा आमचोक भोजपुरले र फेदाप गाउँपालिका तेह्रथुमलाई २५–१९,१९–२५,२५–१६,२२–२५ र १३ – १५ ले हराएको छ । हतुवागढी भोजपुरले आयोजकलाई २३–२५,१८–२५र २४–२६ ले पराजित गरेको छ । आईतवार भएको अन्तीम खेलमा साँगुडीगढी धनकुटाले उर्लाबारी मोरङलाई १५ –२५,१७–२५,२६–२४, र १६ –२५ ले हराउँदै सेमी फाईनलमा प्रबेश गरेका छन् ।
सेमीफाईनलमा भोजपुरका .३ र धनकुटाको १ टिम प्रबेश गरेको छथर खेलकुद बिकास समितीका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । आजको पहिलो खेलमा आमचोक भोजपुर र साँगुडीगढी बिच पहिलो सेमीफाईनल खेल १ बजे दिउँसो हुने भएको छ । छथर गाउँपालिकाको आर्थीक सहयोगमा रत्नदेबी युवा सेवा समाज र छथर खेलकुद बिकास समितीको आयोजनामा प्रतियोगितामा भई रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा पुर्बका तेह्रथुम,धनकुटा,पाँचथर,भोजपुर र मोरङ जिल्लाका १४ वटा टिमको सहभागीता रहेको समाजका सचिव सन्तोष सुबेदीले बताउनु भयो । प्रतियोगितामा बिजेताले नगद १ लाख १० हजार रनिङ कप प्रमाणपत्र र मेडल पाउने भएका छन । त्यस्तै उपबिजेताले नगद ७० हजार रनिङ कप प्रमाणपत्र र मेडल पाउने भएका छन् ।