आज: ९ कार्तिक २०७८, मंगलवार | Tue, 26, Oct, 2021
FLASH NEWS

धनकुटालाई हराउँदै रामप्रसाद राईले,अस्तीत्व बचाउँदै छथर गाउँपालिका अध्यक्ष कप चुम्यो

कञ्चनजंघा अनलाईन ४ भाद्र २०७६, बुधबार ००:५९ मा प्रकाशित ( २ साल अघि) ६१२ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, ४ भाद्र । परम्परादेखी लाग्दै आएको ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा तेह्रथुमको छथर सुक्रबारेमा आयोजित दोश्रो छथर गाउँपालिका अध्यक्ष रनिङ कप यसबर्ष पनी राप्रसाद राई गाउँपालिका भोजपुरले चुमेको छ । गतबर्षको बिजेतको रुपमा चिनीएको भोजपुरले यसबर्ष पनी आफ्नो अस्तीत्व बचाउँदै दोश्रो बर्ष पनी साँगुडीगढी गाउँपालिका धनकुटालाई हराउँदै उपाधी चुमेको हो ।

मंगलबार सम्पन्न खेलमा भोजपुरले धनकुटालाई ३–२ सेटले हराउँदै अस्तीत्व बचाउन सफल बनेको हो । छथरलाई खेलकुद पर्यटनको रुपमा बिकास गर्नका निम्ती स्थानीय सरकारले बिगतका बर्षहरुबाटै अभीयानको थालनी गर्दै आएको प्रतियोगिताको समापन तथा पुरस्कार बितरण कार्यक्रममा छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिगेलाले खेलकुद क्षेत्रमा रहेको प्रतिभाहरुलाई प्रोत्साहनका साथै अबसर दिन एउटा छुट्टै स्टेजको रुपमा प्रतियोगिताहरुलाई बिकास गर्दै आएकोे बताएका छन ।

खेलकुद कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान भन्ने मुल नाराका साथ छथरलाई खेलकुद पर्यटनको रुपमा बिकास गर्ने उदेश्यले आयोजना गरीएको प्रतियोगितामा पुर्बका १४ वटा टिमहरुको सहभागीता रहेको छथर खेलकुद बिकास समितीका अध्यक्ष अनिल आंखेवाले बताए । करिब एक साता सम्म सञ्चालन भएको प्रगियोगितामा बिजेताले नगद १ लाख १० हजार रनिङ कप प्रमाणपत्र र मेडल प्रदान गरीएको रत्नदेवी युवा सेवा समाजका .सचिव सन्तोष सुबेदीले बताए । त्यस्तै उपबिजेताले नगद ७० हजार रनिङ कप प्रमाणपत्र र मेडलमा चित्त बुझाएका छन ।

छथरलाई खेलकुद पर्यटनको रुपमा बिकास गर्न थालीएको प्रतियोगितामा पुर्बका तेह्रथुम,धनकुटा,पाँचथर,भोजपुर र मोरङ लगायतका जिल्लाका टिमहरुको सहभागीता रहेको थियो । छथर गाउँपालिकाको आर्थीक सहयोगमा छथर खेलकुद बिकास समिती र रत्नदेवी युवा सेवा समाजको आयोजनामा प्रतियोगिता सम्पन्न भएको छ ।