आज: ११ आश्विन २०७७, आईतवार | Sun, 27, Sep, 2020
FLASH NEWS

छथरमा सम्पन्न फुटबल प्रतियोगितामा पान्थरलाई हराउँदै धनकुटाले उपाधी हात पार्‍यो

कञ्चनजंघा अनलाईन ४ भाद्र २०७६, बुधबार ०१:१४ मा प्रकाशित ( १ साल अघि) ११५ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, ४ भाद्र । परम्परादेखी लाग्दै आएको ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा तेह्रथुमको छथर सुक्रबारेमा आयोजित खल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी छथर जोरपाटी धनकुटाले हात परेको छ । धनकुटाले रानीगाउँ स्पोटिङ युवा क्लब पान्थरलाई २ को बिरुद्ध ५ गोल गर्दै उपाधी आफ्नो पोल्टामा पारेको हो । खेलकुद कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान भन्ने मुल नाराका साथ छथरलाई खेलकुद पर्यटनको रुपमा बिकास गर्ने उदेश्यले आयोजना गरीएको प्रतियोगितामा पुर्बका १६ वटा टिमहरुको सहभागीता रहेको छथर खेलकुद बिकास समितीका अध्यक्ष अनिल आंखेवाले बताए ।
करिब एक साता सम्म सञ्चालन भएको प्रगियोगितामा बिजेता धनकुटाले नगद ६७ हजार ५ सय प्रमाणपत्र र मेडल हात पारेको रत्नदेवी युवा सेवा समाजका .सचिव सन्तोष सुबेदीले बताए । त्यस्तै उपबिजेता पान्थरले नगद ४० हजार प्रमाणपत्र र मेडलमा चित्त बुझाएका छन । छथरलाई खेलकुद पर्यटनको रुपमा बिकास गर्न थालीएको प्रतियोगितामा पुर्बका तेह्रथुम,धनकुटा,पाँचथर, र मोरङ लगायतका जिल्लाका टिमहरुको सहभागीता रहेको थियो । छथर गाउँपालिकाको आर्थीक सहयोगमा छथर खेलकुद बिकास समिती र रत्नदेवी युवा सेवा समाजको आयोजनामा प्रतियोगिता सम्पन्न भएको छ ।