आज: २० जेष्ठ २०७७, मंगलवार | Tue, 02, Jun, 2020
FLASH NEWS

गर्भवती महिलालाई गाउँमै निःशुल्क भिडीयो एक्सरे सेवा

कञ्चनजंघा अनलाईन २५ भाद्र २०७६, बुधबार १२:१४ मा प्रकाशित ( ८ महिना अघि) १३ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, २५ भाद्र । जिल्लाका ग्राािणम क्षेत्रका गर्भवती महिलाहरुले गाउँमै भिडीयो एक्सरे सेवा लिन पाउने भएका छन । गर्भवती महिलाहरुलाई स्वास्थ्य सेवा दिने उदेश्यका साथ जिल्लाको छथर गाउँपालिका २ हमरजुङ स्वास्थ्यचौकीमा भिडीयो एक्सरे सेवा सुरु भएको छ । गर्भ जाँचका निम्ती जिल्ला बाहिरका अस्पतालहरुमा पुग्दै आएका यहाँका महिलाहरुलाई राहात मिल्ने भएको छ । हमरजुङ स्वास्थ्यचौकमा हरेक दिन कार्यालय समयमा गर्भवती महिलालाई भिडियो एक्सरे सेवा दिईने स्वास्थ्यचौकीका नर्सिङ ईकाई प्रमुख सोनी बिश्वकर्माले बताईन । त्यस्तै गाउँपालिकाको वडा नम्बर ४ फाक्चामारामा महिनाको अन्तिम बुधबार र वडा नम्बर ५ ओख्रे स्वास्थ्यचौकीमा महिनाको अन्तिम बिहीबार गर्भवती महिलालाई सेवा दिईने तयारी भएको छ ।

गर्भवती आमाहरुलाई निशुल्क रुपमा सेवा दिईने स्वास्थ्य शाखा छथरका सह संयोजक सन्जिव रसाईलीले बताए । गाउँपालिकाको केन्द्रमा रहेको हमरजुङ स्वास्थ्यचौकीलाई अस्पतालको रुपमा बिकास गर्न पहल भई रहेको स्वास्थ्य शाखाले जनाएको छ ।
भिडीयो एक्सरे गर्नैका लागी यहाँका गर्भवती महिलाहरु धनकुटा,धरान तथा बिराटनगर लगायतका स्थानहरुमा पुगेर सेवा लिन पर्ने बाध्यता रहँदै आएको थियो । आर्थीक रुपमा बिपन्न परिवारका महिलाहरुले टाढा टाढा पुगेर खर्च गर्ने अबश्था थिएन । अहिले गाउँमै सेवा सुरु हुँदा गर्भवती आमाहरुलाई ठुलो राहात बनेको छ ।

गाउँपालिकाको केन्द्र सुक्रबारे बजार नजिकै रहेको हमरजुङ स्वास्थ्यचौकीमा सेवा प्रवाह भएपछी यहाँका महिलाहरुलाई सेवा लिन पनि सहज बनेको स्वास्थ्यकर्मीहरु बताउँछन । सेवा लिन बर्षादको समयमा यातायातका सवारी साधानहरुमा हुने समस्याबाट मुक्त बनेका छन ।