आज: २० जेष्ठ २०७७, मंगलवार | Tue, 02, Jun, 2020
FLASH NEWS

सर्वजित शाहको अभिनयमा ”मायाको गाउँमा ”भिडियो सहित

कञ्चनजंघा अनलाईन २८ भाद्र २०७६, शनिबार ०९:४७ मा प्रकाशित ( ८ महिना अघि) १४ पाठक संख्या

आकाक्षा खनाल , काठमान्डाँै ।
पछिल्लो समयमा सर्वाधिक रुचाएका मोडल सर्वजित शाह र मोडल अनु पराजुलीको अभिनयमा रहेको रोमान्टिक गीत ”मायाको गाउँमा ” गीति भिडियो ले सांगितिक बजारमा तहल्का मचाइरहेको छ ।
नेपाली सुगम संगीतमा निकै रुचाइएका गायक उमेश कुमार चौधरीको आवाजमा सजिएको गीतमा प्रेममा बाधिएका प्रेमी प्रेमीकाको प्रेमील चाहनाहरुलाई गीतमा समेटिएको छ । आफनी मायालुको गाउँमा सपनाका सुनौलो सपनाहरुलाई साकार बनाउनको लागी निकै आतुर रहेका छन । कमल गजमेरको शब्द तथा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ ।

पछिल्लो समयमा निकै रुचाइएका ब्यस्त निर्देशक जस बहादुर याक्खाको निर्देशनमा तयार पारिएको भिडियोमा नवराज उप्रेतीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा पछिल्लो समयमा निकै रुचाइएका भिडियोलाई निकै आकर्षक एवम उत्कृष्ट रुपमा प्रस्तुत गरिएको छ । गीतको भाव अनुसारको लोकेशन र प्रस्तुतिकरणलाई आम दर्शक तथा स्रोताले निकै मन पराएका छन ।

”मायाको गाउँमा ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।