आज: २० जेष्ठ २०७७, मंगलवार | Tue, 02, Jun, 2020
FLASH NEWS

सरकार कुनै धर्म जातको हुदैन

कञ्चनजंघा अनलाईन ३० भाद्र २०७६, सोमबार ११:१४ मा प्रकाशित ( ८ महिना अघि) ७ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, ३० भाद्र । सरकार कुनै धर्म जातको हुँदैन । सरकार सबैको हो । नेपालको संबिधानको मर्म अनुसार सरकारले बिभीन्न धर्म तथा जातजातीहरुलाई स्थान दिँदै आएको छथर इसाई समाजको प्रथम सम्मेलनका प्रमुख अतिथी छथर गाउँपालिकाका प्रबक्ता राजन नेपालीले बताएका छन ।
स्थानीय सरकारका नागरिकहरुको समस्या समाधानकै निम्ती अहोरात्र खट्दै आएकोले धर्म तथा जातको नाममा बिभेद हुने कुरामा शंका नगर्न समेत आग्रह गरेका छन । तेह्रथुमको छथर सुक्रबारेमा आजबाट सुरु भएको समाजको प्रथम सम्मेलनलाई उद्धघाटन गर्दै प्रमुख अतिथी नेपालीले यस्तो बताएका हुन । सरकारले इसाई धर्मलम्बीहरुलाई बिभेद गर्दै आएको सम्मेलनका बक्ताहरुले बताएका छन । मन्दिर निमार्णका लागी लाखौ रुपैयाँ राज्यले बिनीयोजन गछपनी ईसाई समुदायहरुको चर्च निमार्णका लागी सरकारले ध्यान नदिने गरेको अगुवा बाल कुमार साँवाले बताएका छन । क्रिसमसको बिदा पछिल्लो समय ईसाई धर्मलम्बीहरुका लागी मात्र सरकारले दिँदै आएको प्रति सम्मेलनका बक्ताहरुले सरकार प्रति गुनासो ब्याक्त गरेका थिए । धर्म निरपेक्ष देश भनीएपनी इसाई धर्मलम्बीहरुलाई हेर्ने दृष्टीकोष अझै फरक रहँदै आएको बताएका छन ।

सम्मेलनमा आदिबासी जनजाती पत्रकार महासंघ तेह्रथुमका सचिव प्रकाश पाक्साँवा अगुवा लोकबहादुर भुजेलले शुभकामना मन्तब्य राख्नु भएको आशा मण्डली चर्चका पास्टर पुर्ण साँवाले जनाकारी दिनु भयो । जिल्लाका छथर क्षेत्रका ९ वटा मण्डलीको सहभागीता रहेको   तेजकुमार साँवाले बताउनु भयो । उद्धघाटन कार्यक्रममा पास्टर तितस श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो । सम्मेलनमा बिभीन्न चर्चका कालाकारहरुद्धारा नृत्य प्रस्तुत गरीएको थियो ।