आज: २० जेष्ठ २०७७, मंगलवार | Tue, 02, Jun, 2020
FLASH NEWS

उपचार हुन नसक्दा हइकम लिम्बुको खुट्टाका औला झरे छोरा पनी अपाङ्ग

कञ्चनजंघा अनलाईन ११ कार्तिक २०७६, सोमबार ०२:०४ मा प्रकाशित ( ७ महिना अघि) १४ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, ११ कार्तिक । जहाँ घाउ त्यहाँ नै चोट थपिन्छ । गहभरी आँशुका भेल बगाउँदै घरको छेउमा बसी रहेका हुन्छन् । तेह्रथुमका छथर गाउँपालिका ४ फाक्चामारा मेहेबोटेका हइकम लिम्बु । आर्थीक रुपमा एकदमै कम्जोर रहेका लिम्बुलाई घाउ त थियौ नै । घाउ माथी नै चोट थपिन्दै आएको छ । ७ जनाको परिवार रहेको लिम्बुको जेठा छोरा भिमबहादुर लिम्बु जन्मजात नै शारिरीक रुपमा अपाङ छन । उनको खुट्टा चल्दैनन् । बिहान बेलुकी हात जोड्न बनीबुतो गर्दै आएका लिम्बुको खुट्टामा करिब एक बर्ष अघी मात्रै सामान्य घाउ निस्केको थियो । घाउलाई उपचार गर्न उनी सँगै पैसा थिएन् । त्यही घाउ बढृदै गएर खुट्टाका औलाहरु झर्न थाले । उनले आफ्नो पिडालाई मनमा बोकेर आँशु बगाउनु बिकल्प नै छैन् । उनी भन्छन् मेरो उपचारका लागी सहयोग गर्नुहोस् । म पनी अरु जस्तै बाँच्न चाहान्छु । उनका साना नानीहरु बुबाआमाले के ल्याएर दिन्छन् र खाउँला भन्ने पखाईमा छन् ।
यहाँ पुग्ने जो कसैको आँखा रसाउँछन् । सानो छाप्रामा बास छ उनको परिवारको । १५/२० झुत्ता जती मकै छ उनको कमाई । त्यो कमाईले कतिदिन पेट भरीएला । भान्सा र सुत्ने ओछ्यान एकै ठाउँमा छ । उनका नानीहरुले आफ्नो लाज छोप्ने लुगा छैन् । उमेरले ६३ बर्ष पुगेका उनका श्रीमती पबित्रा लिम्बुले घरमा भएका बिरामीलाई सम्हाल्नु की एकपेट खाने जुटाउनु हुँदै आएकी छिन् । श्रीमानको उपचारका निम्ती सहयोग गर्न आग्रह गर्दै आएकी छिन् ।