आज: २० जेष्ठ २०७७, मंगलवार | Tue, 02, Jun, 2020
FLASH NEWS

चलचित्र ‘लभ जोन’कोे गीत सार्वजनिक

कञ्चनजंघा अनलाईन १५ कार्तिक २०७६, शुक्रबार ०९:४३ मा प्रकाशित ( ७ महिना अघि) १० पाठक संख्या

काठमाडौ , कार्तिक १५ं । चलचित्र लभ जोन को रोमान्टिक गीत सार्वजनिक भएको छ । माघ १० गते प्रदर्शनमा आउन लागेको चलचित्रको गीत शुक्रवार सार्वजनिक भएको हो ।

चलचित्रको निर्माण पक्षले ‘दिल चोरी लैजाउ ए प्रियतम’ बोलको गीत सार्वजनिक गरेको हो । गीतमा नित्याशिवा र गायक शम्भु रैका ले स्वर दिएका छन् ।

गीतको शब्द रचना तथा संगीत शंकर अधिकारी घायल रहेको छ । चलचित्रमा समावेश गीत प्रेममय रहेको छ । गीतमा प्रेम रोमान्सलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । राजन मर्हजनको नृत्य निर्देशन , विश्वास भण्डारीको सम्पादन भिडियोमा रहेको छ । ‘दिल चोरी लैजाउ ” गीतको भिडियोमा राजन र रुविको नृत्य तथा अभिनय रहेको छ ।
‘दिल चोरी लैजाउ ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।