आज: २४ असार २०७७, बुधबार | Wed, 08, Jul, 2020
FLASH NEWS

बिपतको समयमा महत्वपुर्ण भुमिका खेल्छ रेडक्रस

कञ्चनजंघा अनलाईन २४ कार्तिक २०७६, आईतवार ०१:४३ मा प्रकाशित ( ८ महिना अघि) ५९ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, २४ कार्तिक । बिपत्ती र दैबिक प्रकोपको अबश्थामा रेडकक्र सोसाईटीले महत्वपुर्ण भुमिका खेल्दै आएको छथर गाउँपालिकाका अध्यक्ष सन्तबिर लिम्बुले बताउनु भयो । जुनियर तथा युवाबिपतमा पुर्याउँछन टेवा भन्ने मुल नाराका साथ तेह्रथुमको छथर सुक्रबारे बजारमा आयोजित २१ औ जिल्ला स्तरीय रेडक्रम गोष्ठीका प्रमुख अतिथी लिम्बुले उद्धघाटन गर्दै यस्तो बताएका हुन । बिपतको समयमा यो वा त्यो नभनी मावन सेवामा रेडक्रसकर्मीलाई सेवा दिन पनि आग्रह गर्नु भएको छ ।

बिभीन्न संघ संस्थाहरुले छथर गाउँपालिकामा जिल्ला तथा प्रदेश स्तरीय कार्यक्रम आयोजना गरे स्थानीय सरकार साझेदारी गर्न तयार रहेको समेत बताउनु भयो । नेपाल रेडक्रस सोसाईटी तेह्रथुमले आयोजना गरेको जिल्ला स्तरीय जुनियर युवा रेडक्रस गोष्ठी तथा युवा रणनिती योजना तर्जुमा कार्यक्रम दुईदिन सम्म चल्ने आयोजकले जनाएको छ ।कार्यक्रममा बिभीन्न संघ संस्थाका प्रतिनिधी,पत्रकार जनप्रतिनिधी,शुरक्षाकर्मी,बिद्यार्थी शिक्षक तथा रेडक्रसकर्मीहरुको सहभागीता रहेको थियो ।