आज: २१ श्रावण २०७७, बुधबार | Wed, 05, Aug, 2020
FLASH NEWS

छथरको भगवती माबिमा डिजिटल सारक्षरता कार्यक्रमको उद्धघाटन

कञ्चनजंघा अनलाईन १४ मंसिर २०७६, शनिबार ०२:४७ मा प्रकाशित ( ८ महिना अघि) ३० पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, १४ मंसिर । तेह्रथुम जिल्लाको छथर गाउँपालिका ५ मा रहेको भगवती माध्यमिक बिद्यालयमा एक कार्यक्रमका बिच डिजिटल सारक्षरता कार्यक्रम उद्धघाटन गरीएको छ । सुक्रबार छथर गाउँपालिकाका अध्यक्ष सन्तबिर लिम्बुले बिद्यालयमा औपचारिक रुपमा उद्धघाटन गर्नु भएको छ । उद्धघाटन कार्यक्रमका प्रमुख अतिथीको रुपमा रहनु भएका लिम्बुले डिजीटल प्रबिधी आजको आबश्यकता रहेको बताउनु भयो ।
युग सँगै आधुनि प्रबिधी सँग अघी बढ्न सकिएन भने सारक्षर भएपनी निराक्षर झै बन्दै जाने कार्यक्रममा बताउनु भयो । कार्यक्रमका बिशेष अतिथी तथा छथर गाउँपालिकाका उपाध्यक्ष तारा खरेल ढकालले छिटो छरितो रुपमा सुचना प्राप्त गर्न डिजिटल प्रबिधी महत्वपुर्ण रहेको बताउनु भयो । प्रदेश नम्बर १ सामाजिक बिकास मन्त्रालयको सहयोगमा सुरु भएको कार्यक्रमको उदेश्य औचित्यको बारे कार्यक्रमका फोकल पर्सन पिताम्बर भट्टराईले राख्नु भएको थियो । ५ नम्बर वडाध्यक्ष पुण्य प्रसाद ढकाल लगायत वडासदस्यहरु,बिभीन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बिद्यालयका प्ुर्ब प्रधानध्यापक डुण्डी प्रसाद ढकालले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रम बिद्यालय ब्याबश्थापन समितीका अध्यक्ष नरबहादुर निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।