आज: २४ असार २०७७, बुधबार | Wed, 08, Jul, 2020
FLASH NEWS

१२ सत्ताईसको रिलिज मिति माघ ३ मासर्‍यो

कञ्चनजंघा अनलाईन १४ मंसिर २०७६, शनिबार ०३:२० मा प्रकाशित ( ७ महिना अघि) ४४ पाठक संख्या

काठमाडौं, १४ मंसिर।नेपाली कथानक चलचित्र ‘१२सत्ताईस’को प्रदर्शन मिति परिवर्तन भएको छ।यसअघि यहि मंसिर २७ गते प्रदर्शन हुने भनिएको यो चलचित्र अब आउँदो माघ ३ गते प्रदर्शन हुने निर्माण कम्पनी ह्याप्पीप्लानेट फिल्म प्रा.ली.ले जनाएको छ।
‘१२सत्ताईस’को प्रचार प्रसारको लागी समय कम भएको र चलचित्रलाई अन्तिम रुपदिन केही प्राबिधिक काम समेत बाँकि रहेकोले प्रदर्शन मितिमा हेरफेर गर्नुपरेको निर्माण कम्पनीले जारी गरेको नोटिसमा उल्लेख छ। लाइट कमेडी जनरामा निर्माण भएको यो चलचित्रको केहि दिन अघि सार्वजनिक ट्रेलरमा मिश्रित प्रतिक्रिया आइरहेका छन्। चलचित्रमा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाउँन खोजिएको छ। जोन योञ्जनले निर्देशीत चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजीराना, अस्मिता लामिछाने, सम्राट थापा, अभोनराज, भीस्म जोशि, अस्मिता खनाल, बिना कार्की लगायत कलाकारको अभिनय रहेको छ।
चलचित्र रेणु राना, दिपक खातियोडा, र रुपक थापाले निर्माण गरेका हुन् भने चलचित्रका लागी सहनिर्माताको रुपमा गौतम शाहाको लगानी रहेको छ।अनिश श्याङदेनले छायांकन गरेको चलचित्र कृष्ण भण्डारीले सम्पादन गरेका छन्। चलचित्रको कथा निर्देशक जोनलेनै तयार पारेका हुन् ।