आज: २८ असार २०७७, आईतवार | Sun, 12, Jul, 2020
FLASH NEWS

गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक

कञ्चनजंघा अनलाईन १६ मंसिर २०७६, सोमबार १०:१९ मा प्रकाशित ( ७ महिना अघि) ४२ पाठक संख्या

काठमाण्डौ।
गायक जिवन लामाकोे आवाजमा ‘जानी नजानी ’बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा आशिष लामाको शब्द रहेको छ भने जिवन लामा ले संगीेत गरेका छन् ।प्रेमि प्रेमिका विचको त्रिकोणात्मक प्रेमका भावहरुलाई गीतमा समेटिएको छ ।
निकै आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा प्रकाश खड्काको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । ‘जानी नजानी ’ गीतको भिडियोमा आयुष्मा कार्की र निश्चल खड्काको अभिनय रहेको छ ।
‘जानी नजानी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।