काठमान्डाँै ।
लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट गायिकाको रुपमा मनोनित भएकी छन ।
विगत लामो समय देखी लोक गीत संगीतमा सक्रिय रुपमा लागी परेकी गायिका धनकुमारीद्धारा स्वरबद्ध गीत आज मुड चल्या छ दोहोरी गीत गाउने बाट मनोनित भएकी हुन । आयोजक तथा आम दर्शक तथा स्रोताको माया , ममता र स्नेहबाट नै अवार्ड कार्यक्रममा आफनो गीत मनोनित भएकोमा उनले खुशी ब्यक्त गरिन ।
आगामी दिनमा अवार्डको मनोनयनले आफुलाई संगीतिक क्षेत्रमा अगाडि बढ्नको लागी थप हौसला मिलेको र आगामी समयमा गीत संगीतमा लाग्नको लागी थप जिम्बेवारी बढ्ेको महशुस गरेको उनले बताइन ।
उनले अन्त्यमा हामी सगँ कुराकानी गदैँ सम्पुर्ण इसाई हरुको महान पर्व क्रिष्मसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पुर्ण क्रिश्चियन दाजु भाई तथा दिदि बहिनीमा सुख शान्ती एवम समृद्धिको शुभ कामना समेत ब्यक्त गर्नुभयो ।