आज: ४ कार्तिक २०७७, मंगलवार | Tue, 20, Oct, 2020
FLASH NEWS

मिरा साउन्ड रेकर्डिङ स्टुडियोको औपचारिक उद्घाटन

कञ्चनजंघा अनलाईन १७ फाल्गुन २०७६, शनिबार ०१:३३ मा प्रकाशित ( ७ महिना अघि) ९१ पाठक संख्या

काठमाडौं , फागुन १७ । नेपाली गीत संगीतको क्षेत्रमा आधुनिक किसिमको सुविधा युक्त स्टुडियो मिरा साउन्ड रेकर्डिङ स्टुडियो को आज नेपाली सुगम संगीतमा निकै परिचित गायिका अन्जु पन्तले एक कार्यक्रमको विच रिवन काटेर उद्धघाटन गरिन । काठमाडौंको धोबिधारामा संचालनमा आएको मिरा साउन्ड रेकर्डिङ स्टुडियो आजबाट संचालनमा आएको हो ।

गायिका अन्जु पन्तले उद्घाटन समारोहमा बोल्दै नेपाली सुगम तथा चलचित्रका गीत संगीतको विकाश र विस्तार गर्ने कुरामा संगीतकार विकास चौधरीको व्यवस्थापनमा आएको मीरा साउन्डमा पक्कै पनि गुणस्तरीय रेकर्डिङ हुने बताइन् । मीरा साउन्डलाई सफलताको शुभकामना दिँदै गीतसंगीत एवं चलचित्र क्षेत्रमा धेरै स्टुडियोहरु भए पनि मीरा साउन्डले फरकपन दिने विश्वास लिएको उनले बताइन् ।

मिरा साउन्डमा गीतसंगीत रेकर्डिङ, फिल्म डविङ एवं अत्याधुनिक प्रविधियुक्त क्यामेरा, ड्रोन क्यामेरा लगायतका फिल्म तथा म्यूजिक भिडियोको सुटिङका लागि आवश्यक पर्ने सामग्रीहरुसमेत भाडामा उपलब्ध गराइने संगीतकार विकास चौधरीले जानकारी दिए । स्टुडियो उद्घाटनसँगै अन्जु पन्त फाउन्डेशनलाई २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । उक्त रकम लेखक निर्देशक लय संग्रौला, ओम प्रतीक, उदय सुब्बा, नृत्य निर्देशक दिनेश पाख्रिन र संगीतकार विकास चौधरीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । अन्जु पन्त फाउन्डेशनका लागि अमेरिकामा रहनुहुने स्टुडियोका संचालक लोक पौडेल र प्रोप्राइटर मीरा पाठकले उक्त सहयोगको रकम पठाएका थिए । गीतसंगीतमा लगानी गरिरहँदा एउटा गायिकाले समाजसेवामा फैलाएको हातमा सबैले सहयोग गर्नुपर्ने महसुस भएको कारण मिरा साउन्डको तर्फबाट उक्त रकम सहयोग गरेको संगीतकार चौधरीले बताए ।
कार्यक्रममा निर्देशक, लेखक तथा गीतकार लय संग्रौलाले मेहनती संगीतकारको रुपमा विकास चौधरीलाई पाएको बताउँदै उनको व्यवस्थापनमा स्टुडियो संचालनमा आउनु राम्रो काम भएको बताए । उनले संचालकहरुलाई बधाई दिँदै आगामी दिनमा आफूहरुले गर्ने चलचित्र एवं गीतसंगीतका सम्पूर्ण कार्यमा मीरा साउन्डको महत्वपूर्ण भूमिका रहने बताउँदै सहकार्य गर्ने प्रतिबद्धतासमेत दिए ।

कार्यक्रममा लेखक निर्देशक ओम प्रतीक, निर्देशक उदय सुब्बा, नृत्य निर्देशक दिनेश पाख्रीन, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार दयाराम घिमिरेले गरेका थिए । स्टुडियोको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी संगीतकार विकास चौधरीको जिम्मामा रहेको छ भने रेकर्डिङ तथा मिक्सिङमा गोविन्द सोनी रहेका छन् ।