आज: १४ जेष्ठ २०७७, बुधबार | Wed, 27, May, 2020
FLASH NEWS

बिद्युत प्रसारण लाइन बिस्तारले पानीका मुहानहरु सुक्ने भन्दै आन्दोलन

कञ्चनजंघा अनलाईन ३ चैत्र २०७६, सोमबार ०२:१३ मा प्रकाशित ( २ महिना अघि) ८ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, ३ फागुन । कोशी कारिडोर २२० के.भि.ए. प्रसारण लाईन बिस्तारले प्राकृतिक पानीको मुहान सुक्ने भन्दै लालिगुराँस नगरपालिकाका स्थानीयबासी आन्दोलित भएका छन । गुराँसको राजधानीले प्रसिद्ध तिनजुरे मिल्के जलजले क्षेत्रमा रहेको जंगलको बिचबाट प्रसारण लाई बिस्तार कार्य भई र यहाँका हजारौ गुराँस काटिदाँ यहाँ रहेका पानीका मुहान सक्ने भन्दै आन्दोलित बनेका छन । लालिगुराँस नगरपालिका मार्फत उर्जा तथा बन मन्त्रालयमा ध्यानकर्षण गराई सकेको नगपालिकाका मेयर अर्जुन माबोहाङले बताए ।

आयोजनाले नेपाल बिद्युत प्राधिकरणको वातावरण तथा सामाजिक शाखा मार्फत प्रारम्भिक वातावरण परिक्षण गर्ने स्थानीय नगरपालिका र सामुदायिक बनहरु सँग २०७३ जेठ २ गते लिएको भएपनी हाल सम्म प्रारम्भिक वातावरणिय परिक्षण (आइ.ई.ई.) प्रतिबेदन समेत सार्वजानिक नगरेको मेयर लिम्बुको भनाई छ । आयोजनाले मावनबंश नै बिनाश हुने गरी काम गरि रहेकोले तत्काल वातावारण सम्बन्धी कानुनलाई संशोधन र एकिरकण गर्न बनेको ऐन २०४६ को ऐन नम्बर ९ तयार गरी स्थानीय सरकार,स्थानीयबासी आदिबसी जनजाती जस्ता सरोकारवाला माझ वातावणीय प्रभाव मुल्याङकन (आई.ए.ई.) प्रतिबेदन सार्वजानिक गरी काम अगाडी बढाउन कोशी करिडोर पिडित वन उपभोक्ता संघर्ष समितीले अनुरोध गरेका छ ।
आयोजनाले तिनजुरे मिल्के जलजलले क्षेत्रका दर्जनौ प्राकृतिक पानीका मुहान सुक्ने यहाँका जैबिक प्राकृतिक बनस्पतीमा ठुलो क्षती पुग्ने नगर बन महासंघका अध्यक्ष रामकृष्ण निरौलाले बताए । आयोजना प्रसारण लाईन बिस्तार गरीएको क्षेत्रको वरिपरी करिब १ रोपनी क्षेत्रफल तोकिएको र चैते सामुदायिक वनको मात्रै १४ सय २५ गुराँसका रुखहरु काटिने भएका छन । नगरबासीले शनिबार बसन्तपुर बजार देखी डुंडपानी घुर्मिसे सम्म शान्तीपुर्ण –यार्ली निकाल्दै पहिलो चरणको आन्दोलन सुरु गरेको संघर्ष समितीले जनाएको छ । समितीले आफ्नो मागलाई बेवास्ता गरे जीवन मरणको लडाई लड्न समेत तयारी रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन । लालिगुराँस वन फडानी हुन नदिऔ, पशुपक्षी बास स्थान नष्ट नगरौ लगायतका प्ले कार्ड सहित –यार्लीमा नागरिकहरु सहभागी बनेका थिए ।

आयोजनाले गुराँसै वनलाई क्षतिको प्रवाह नगरी काम सुरु गरेको संघर्ष समितीको आरोप छ । तेह्रथुम र संखुवासभाको सिमा पर्ने डाडैडाडा लाँदा कम क्षती हुने भएको भएपनी वेवास्त गरेको यहाँका नागरिकहरुले बताएका छन ।