आज: २८ श्रावण २०७७, बुधबार | Wed, 12, Aug, 2020
FLASH NEWS

कालो छिद्र (ब्लाक होल) भनेको के हो ? यसले कसरी असर गर्दछ ।

कञ्चनजंघा अनलाईन १२ जेष्ठ २०७७, सोमबार ०८:०८ मा प्रकाशित ( २ महिना अघि) १२१ पाठक संख्या

कालो छिद्रलाई खगोलविद्हरुले एउटा अति संकुचित खगोलीय वस्तुको रुपमा लिएका छन् । यसमा गुरुत्वाकर्षण बल अत्याधिक हुने गर्दछ । त्यसैले यसले कुनैपनि वस्तुलाई अफूबाट फुत्कन दिँदैन । यहाँसम्म की यसको सामु प्रकाश पनि नाकाम हुने गर्दछ ।

 

कालो छिद्रको अस्तित्व गुरुत्वाकार्षणको नियमका आधारमा सर्वप्रथम १८ औँ शताब्दी तीर चर्चामा आएको थियो । कालो छिद्रका बारेमा जोन मिचेल र पिएरे सिमोन लाप्लासले यो अति विशाल या अति सानो वस्तु हो भन्ने आफ्नो राय प्रस्तुत गरेका थिए । यो एउटा अति विशाल वा अति सानो वस्तु भएपनि यसको सतहमा धेरै गुरुत्वाकर्षण बल रहेको छ ।

 

यसको नाम सन् १९६७ मा प्रिन्सटनका भौतिकशास्त्री जोन अचिवाल्ड ह्विलरले राखेका थिए । उनले अन्तरिक्षमा एउटा यस्तो विशाल र घना वस्तु छ, जहाँ प्रकाश पनि उम्कन नसक्ने धारण प्रस्तुत गरेका थिए । अनुसन्धानको क्रममा भौतिकशास्त्री र गणितिज्ञहरुले अन्तरिक्षमा कालो छिद्र नजिकै धेरै असाधारण वस्तुहरु पत्ता लगाए ।

 

त्यसपछि क्रमशः यसका बारेमा अन्य तथ्यहरु फेला पर्दै गए । क्रमिक रुपमा कालो छिद्रको बारेमा अनेक प्रकारका कल्पनाहरु पनि गरिन थालिए । तर वैज्ञानिकहरुले यसको निर्माण विशाल तर सामान्य ताराहरुको मृत्यु पछि हुन्छ भन्ने पत्ता लगाए ।

यसले एक्सरे लगायतका विद्युत् चुम्बकीय विकिरण पैदा गर्ने भएकोले वैज्ञानिकहरुले समेत टेलिस्कोपबाट प्रत्यक्ष अवलोकन गर्न मिल्दैन । तर यसमा खसिरहेको वस्तु र गुरुत्वाकर्षणको घटनालाई चाहि अवलोकन गर्न सम्भव रहेको छ ।

अइजक न्युटनले सन् १६८७ मा गुरुत्वाकर्षण बलको नियम प्रतिपादन गरेका थिए । त्यसपछि उनले यस ब्रह्माण्डमा रहेका प्र्रत्येक वस्तुले एक अर्कालाई आकर्षण गर्छ भन्ने पत्ता लगाए । सोही अनुरुप कालो छिद्र पनि गुरुत्वकर्षणको नियमलाई पालना गर्दछ । तर कालो छिद्रको नजिक बलियो गुरुत्वाकर्षण क्षेत्र पाइन्छ भन्ने कुराको पुष्टि भने वैज्ञानिक अल्बर्ट अइन्सटाइनले गरे ।

 

कालो छिद्र पनि एउटा भ्याकुम क्लिनर जस्तै हुन्छ । किनकी भ्याकुम क्लिनरले पनि सञ्चालन भएपछि मात्र धुलोहरुलाई आफूतिर तान्ने गर्दछ । सोहि अनुरुप कालो छिद्रले पनि आफ्नो गुरुत्वाकर्षण बलले वस्तुहरुलाई तान्ने गर्दछ । फरक यति मात्रै हो कि कालो छिद्रले त्यो वस्तुको अस्तित्व नै समाप्त गरीदिन्छ ।

वैज्ञानिकहरुले कालो छिद्र तीन तहको हुने बताएका छन् । सबैभन्दा पहिले यसको बाहिरी तह हुने गर्दछ, जसलाई ‘आउटर इभेन्ट होरिजन’ भनिन्छ । यस तहमा धेरै शक्तिशालि गुरुत्वाकर्षण हुँदैन । अर्को मध्य तह हुन्छ, जसलाई ‘इनर इमेन्ट होरिजोन’ भनिन्छ । यो तहमा भने गुत्वाकर्षण बल अत्याधिक हुने गर्दछ । यस तहबाट कुनै पनि वस्तु उम्कन सक्दैन । अर्को केन्द्र तह हुन्छ, जसलाई ‘सिंगुलरिटी’ भनिन्छ । यहाँ एकदमै शक्तिशाली गुरुत्वाकर्षण बल रहेको हुन्छ ।