आज: २३ श्रावण २०७७, शुक्रबार | Fri, 07, Aug, 2020
FLASH NEWS

कम्प्युटरको इतिहास र बिकाशक्रम

कञ्चनजंघा अनलाईन १६ जेष्ठ २०७७, शुक्रबार ०७:०९ मा प्रकाशित ( २ महिना अघि) १३३ पाठक संख्या

कम्प्युटर आज हामी सबैको अनिवार्य आवश्यकता भैसकेको छ । अझ यसलाई हाम्रो जीवनको अभिन्न भाग हो भन्दा पनि फरक पर्दैन । पहिले पहिले हामीले कम्प्युटर बढी फिल्म हेर्नको लागि प्रयोग गर्ने गर्थियों तर आज यसको प्रयोग मनोरञ्जन देखि लिएर ठूलो ठूलो कामहरु गर्नका लागि प्रयोग हुन थालेको छ ।

कम्प्युटरलाई नेपालीमा “सुशाङ्ख्य” भनिन्छ । कम्प्युटर भन्ने शब्दको उत्पति अंग्रेजी शब्द “कंप्यूट” बाट भएको हो । यसबाट के अनुमान लगाउन सकिन्छ भने कम्प्युटरको उत्पति सुरुवाती दिनहरुमा गणितीय गणना समाधान गर्न विकसित गरिएको हो। किनकि अंग्रेजी भाषामा “कंप्यूट” को अर्थ गणना अर्थात् हिसाब किताब गर्ने भन्ने बुझिन्छ ।
-कम्प्युटरको पिता भनेर चार्ल्स बेबेज लाई भनिन्छ । उनि गणितका प्रोफेसर थिए ।
-चार्ल्स बेबेजले २ वटा एस्तो मेसिन बनाउने सोचे जसले दिएको निर्देशनको बिस्लेसन गर्न सकोस । उक्त मेसिनको नाम Difference Engine अनि Difference Engine no. 2 राखेका थिए । तर यो प्रोजेक्ट सफल हुन पाएन । सुरु गरेको प्रोजेक्ट बन्द भएपछि चार्ल्सले धेरै पछि अर्को प्रोजेक्ट सुरु गरे जसलाई नाम दियो Analytical Engine । यहि नै आजको कम्प्युटरको सुरुवात थियो । उनैको सिद्धान्तको आधारमा आजको कम्प्युटरले काम गरिरहेको छन् ।

सामान्यतया, कम्प्युटरलाई ३ पुस्तामा वर्गीकृत गर्न सकिन्छ। हरेक पुस्ता एक निश्चित समय सम्म चल्यो र हरेक पुस्ता संगै कम्प्युटरको विकास हुदै गयो र राम्रो तथा उत्कृस्ट कम्प्युटरहरु निर्माण हुदै गए ।

 

कम्प्युटरको पहिलो पुस्ता
First Generation Of Computer : Vacuum tube based : 1940-1956
पहिलो पुस्ताको कम्प्युटरमा इलेक्ट्रॉनिक सिग्नललाई नियंत्रित तथा प्रसारित गर्न Vacuum tube प्रयोग भएको थियो। यो पुस्तामा प्रयोग भएका भ्याक्युम ट्यूबको आकार र तिनीहरूले लिने ठाउँ एकदम ठूलो थियो। साथै भ्याक्युम ट्यूबले धेरै ताप उत्पन्न गर्ने, टुट-फुट को संभावना ज्यादा हुने र यसको गणना गर्न सक्ने क्षमता पनि एकदम कम थियो।

पहिलो पुस्तामा निर्मित भएका कम्प्युटरहरुमा UNIVAC (Universal Automatic Computer) र ENIAC (Electronic Numerical Integrator And Computer) आदि हुन ।

 

कम्प्युटरको दोस्रो पुस्ता
Second Generation Of Computer : Transistor based : 1956-1963
कम्प्युटरको दोस्रो पुस्तामा ट्रांजिस्टरको प्रयोग हुन थाल्यो । ट्रांजिस्टरको आविष्कार १९४७ मा भए पनि १९५६ देखि यताका कम्प्युटरहरुमा धेरै प्रयोग हुन थाल्यो । यो ट्रांजिस्टर भ्याक्युम ट्यूब भन्दा उचित, आकारमा एकदम सानो, बढी क्षमता भएको थियो । जसले गर्दा कम्प्युटरले छिटो काम गर्थ्यो । ट्रांजिस्टरले गर्दा अब पहिलो पुस्ताका कम्प्युटर भन्दा मिनी कम्प्युटर बन्न र काम पनि छिटो गर्न थाले।

 

कम्प्युटरको तेस्रो पुस्ता
Third Generation Of Computer : Integrated Circuit based : 1964-1971
एकीकृत सर्किट (Integrated Circuit) ट्रांजिस्टर भन्दा धेरै सानो र क्षमता बढी भएको हुनाले अब कम्प्युटरमा यसको प्रयोग ज्यादा हुन थाल्यो । एकीकृत सर्किटले कम्प्युटरको क्षमतालाई एकदम धेरै वृद्धि गर्दियो । यो पुस्ताको कम्प्युटरको गति माइक्रो सेकेन्ड बाट नानो सेकेन्ड थियो । यसको अलावा एक साथ धेरै कम्प्युटरहरु प्रयोग गर्न सकिन्यो । अब कम्प्यूटरको प्रयोग घरमा सुरु हुन थाल्यो ।

 

कम्प्युटरको चौथो पुस्ता– Fourth Generation Of Computer :
VLSI (Very Large Scale Integrated) microprocessor based : 1971-1980
चौथो पुस्ता भनेर १९८० सम्मलाई र त्यहाँ पछि पाचौं पुस्ता भने पनि आज सम्म पनि हामी सबै जना काखमा बोकेर चलाउन पर्सोनल कम्प्युटर, ल्यापटप यहिँ पुस्ता अर्थात् चौथो पुस्ताका हुन् । यो पुस्ताका कम्प्युटरहरुमा VSLI माइक्रोप्रोसेसर प्रयोग गरेको हुनाले कम्प्युटरको आकारहरु पनि सानो, जहाँ कहिँ बोकेर लान सकिने, गति एकदम छिटो भएका हुन् । VSLI माइक्रोप्रोसेसरले हजारौं ट्रांजिस्टरलाई एकै ठाउमा जोडेर कम्प्युटरको गतिलाई धेरै भन्दा धेरै छिटो बनाउन सक्छ ।

यो पुस्तामा नै कम्प्युटरमा सबै भन्दा ठूलो क्रान्ति भएको हो । त्यसैले आज सम्म पनि यो पुस्ता रहेको छ भन्दा फरक नपर्ला ।

 

कम्प्युटरको पाचौं पुस्ता– Fifth Generation Of Computer :
ULSI (Ultra Large Scale Integrated) microprocessor &
Artificial Intelligence based : 1980- Till Date
यो पुस्ताको सुरुवात चाहिं ULSI माइक्रोप्रोसेसर को प्रयोगबाट भएको थियो । संगसंगै कृत्रिम होशियारी (Artificial Intelligence) द्वारा संचालित हुने कम्प्युटरको बारेमा पनि विभिन्न उत्पादन साथै प्रयोगहरु पनि भैरहेको छन् । तसर्थ यस्तो कम्प्युटरले सबै काम आफै गर्न सक्षम हुन्छ। कृत्रिम होशियारी (Artificial Intelligence) द्वारा संचालित हुने कम्प्युटरको गति र काम गर्ने क्षमता तथा तरिका हामी भन्दा पनि बढी हुन्छ । किनभने यस्तो कम्प्युटरहरु विभिन्न मेसिन तथा रोबोटहरुमा जडान गरिएको हुन्छ ।