आज: २० फाल्गुन २०७७, बिहीबार | Thu, 04, Mar, 2021
FLASH NEWS

छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक

कञ्चनजंघा अनलाईन ३ असार २०७७, बुधबार १२:११ मा प्रकाशित ( ८ महिना अघि) ३२२ पाठक संख्या

काठमाडौं । छोटो फिल्म ‘परिस्थिति’ सार्वजनिक भएको छ । फिल्ममा अमृत ढुंगाना, सन्जोग रसाइली, आकांक्षा तामांग, मनिष गौतम, आर सी रिमाल र देवराज भण्डारीको अभिनय रहेको छ । कला निर्देशन विजय चौधरीले गरेका छन् भने क्रिएटिभ एड्भाइजर देवराज मानन्धर र रंजित गुप्ता रहेका छन् ।

एसोसिएट डिरेक्टर सागर श्रेष्ठ रहेका छन् भने समाचार बाचक विनु गुरुङ छन् । भिडियो छायांकन राजकुमार श्रेष्ठले गरेका छन् । भिडियो लेखन मनिष गौतमले गरेका छन् भने स्क्रिन प्ले र डाइलग मनिष र मित्र डी गुरुङको रहेको छ । फिल्म ज्ञान धन र जेनरस गुरुङले निर्माण गरेका हुन् । फिल्ममा कथा सम्पादन र निर्देशन मित्र डी गुरुङले गरेका छन् ।