आज: १३ कार्तिक २०७७, बिहीबार | Thu, 29, Oct, 2020
FLASH NEWS

लेलेपको लिम्बुनी ढुङ्गोसँग जोडिएको मुन्धुमी

कञ्चनजंघा अनलाईन १० असार २०७७, बुधबार १८:१५ मा प्रकाशित ( ४ महिना अघि) ३७४ पाठक संख्या

कथाः विरही काइँला(अमेरिका)

मुन्धुममा वर्णित सुहाङफे र लाहादङना बीचहाडनाता बिग्रिएको ठाउँ हो -‘काइलुङधुङ ’ ।
यो ठाउँ ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका अन्तर्गत लेलेप गाउँमा पर्दछ ।गाउँको एउटा ढुङ्गामाथि सुहाङफे रलाहादङना बीच शारीरिक सम्बन्ध राख्दा छेउको अर्को ढुङ्गामा लाहादङनाको देब्रे खुट्टा परेकोपाइलाको छापर योनीको आकृति स्पस्ट देखिन्छ ।यसलाई ‘लिम्बुनी ढुङ्गा’ पनि भनिन्छ ।यहाँ लिम्बुको घर पाइन्न । अरू नै बस्छन । र पनि यो ठाउँ लिम्बुहरूको मुन्धुमीथलो हो । मुन्धुममा वर्णन गरिए अनुसारसुहाङफे र लाहादङना भेटभइ सुस्ताउन बसेका समय यिनी दुईलाई एकाएक यौन चहानाभयो र योढुङ्गामाथि नै यिनी दुईरतिक्रिडामा मस्तहुनपुगे।सुहाङफे र लाहादङना बीचसम्भोगको समयढुङ्गा लिरिबबिरिबहल्लिन थालेछ ।त्यस समयदेखि यो ढुङ्गा हल्लिन थालेको हो भन्ने जनश्रुति छ । आज पनि ढुङ्गाको एक छेउमा उभिएर शरीर हल्लाउदा शरीरसँगै ढुङ्गा हल्लिन्छ ।

 

ढुङ्गा चुइँकिन्दाको आवाज पुच्छरले मुख छोपेर निदाएकोतेयक्ना अर्थात मान्छेलाई पछ्याइ हिड्ने कुकुरको कानमा परेपछि त्यसले आँखा उघारेर यताउता हेर्दालाहादङ्नार सुहाङ्फेलाई ठूलो ढुङ्गामा अडेसो लागेर यौनक्रीडामालीन देखेछ । कुकुरलाई थाहा थियो यिनी दुईसुसुवेन लालावेनको छोरा-छोरी हुन । सुहाङफे र लाहादङना चेली-माइती हुन ।चेली-माइतीबीचपरस्परमा शारीरिक सम्बन्ध बनाउन हुदैन । लाहादङना र सुहाङफे बीच हाडनाता बिग्रेको देखेरकुकुरले थुक्क भन्दै भुकेछ । कुकुरको भुकाइलेयी जोडीलाईकुनैअसर परेन । त्यसपछि त यिनी दुईको यौन चाहना पुरा गर्ने थलो बनेछ यो चप्लेटी ढुङ्गा । यही आएर रतिक्रीडामा मस्त हुनथालेयिनी दुई। सुहाङफे र लाहादङनालाई देखेपछि तेयक्ना कुकुर थुक्क भन्दैभुक्दो रहेछ ।

 

एक पटक रतिक्रीडामालीन हुन अघि सुहाङफे र लाहादङनाले सधै भुक्ने त्यसकुकुरलाई त्यहाँबाट भगाएछन ।कुकुर भुक्दैतागेरा बस्ने ओढार(फुक्कु)-मा पुगेछ । कुकुर भुकेकोसुनेर तागेरा फुक्कु अर्थात ओढारबाट बाहिर आइछे । तागेरालाई देखेपछि कुकुर पछि फर्केरहिड्न थालेछ । के भयो नि भन्दै तागेराले कुकुरलाई पछ्याउन थालिछे । कुकुरचप्लेटी ढुङ्गामा पुगेरउभिएछ ।त्यहाँलाहादङना र सुहाङफे रति क्रीडारत थिए । तागेरालेचेली-माइती बीच हाडनाता बिग्रिएको (काइफेक्मा) देखिछेरयी दुईलाई अलग गर्न खोजिछे तर भएन रहेछ । ठूलो सिरूको पातले सुहाङफेको लिंगछिनाइदिन खोजिछेतर चुडिएन रहेछ । तागेराले सेकाथुमको मालिङ्गोलाई नुहाइ त्यसलाई ढुङ्गाले चेप्टाएर मालिङगोको धारिलो चोयालेसुहाङफेको लिंग काटेर पश्चिमतर्फ फालिछे।सुहाङफेको लिंग अलिक माथि ताप्पेथोकको आजको ‘लेप्चुङ’ भन्ने ठाउँमा खसेछ।

 

बल्ल लाहादङना र सुहाङफे अलग भएछन ।सुहाङफेले जरीबुटीको लेप लगाएर घाउ निको पारेछ ।
तागेराले सुहाङफे र लाहादङनालाई सम्झाउदै–‘ तिमी दुईमाइती-चेली हौ । एउटै बाबुको संतान भएकोले तिमी दुई दाजु-बहिनीभयौ ।यसकारणले माइती-चेली कहिले पनि पति-पत्नि बन्नु हुदैन । दाजु -बहिनी बीच विवाह गर्नु हुदैन । तिमी दुईको शारीरिक सम्बन्धले हाडनाता बिग्रियो । पाप काम भयो, अधर्म भयो । अब तिमी दुई संगै नबस्नु सधैको लागि छुट्टीनु ।‘ भनिछे ।
यतिन्जेल सम्म लाहादङना र सुहाङफे स्त्री-पुरूष मात्र थिए । अब साइनो-पात निर्धारण गरेर लाहादङनाले जन्माएका जम्याहा, तिम्ल्याहा सन्तानहरू बाँडेर सुहाङफे र लाहादङना सधैको लागि छुट्टीए । बाबुसुहाङफेसँग उभो जानेमध्ये कोइसाम्बा कोइ,येबा उत्रिए । आमा लाहादङनासँग उधो झर्नेमध्ये कुनै येमा उत्रिएर फैलिए ।
मुन्धुम गायनमा तागेरा-नीङवाफुको नाम बारम्बार उच्चारण गरिन्छ ।तागेरा-नीङवाफुलाई संस्मरण नगरी कुनै कार्य सम्पन्न हुदैन ।यिनै तागेरा-नीङवाफुकोओढार(फुक्कु) याङवारोक थुमको लेलेप गाउँको डाढा- पाखामा आजसम्म छदैछ ।
यहाँ तागेराको ओढार(फुक्कु) अलग छ । नीङवाफुको ओढार(फुक्कु) अलग छ । अहिलेको भाषामा यसलाई तागेराको घर । नीङवाफुको घर भन्नु पर्छ ।उसबेला सम्म सुहाङफे लाहादङना‘लोक्फागेन् सिंगखिम’ अर्थात बाँस काठको घर बनाएर बस्ने अवस्थामापुगिसकेको थिएन । त्यसमा पनि गाँठीकुरा के छ भने यी दुइटा फुक्कुले तागेरा-नीङवाफु एउटै होइन भन्ने सत्यलाई उजगार गर्दछ । मुन्धुम गाउदा पनि ‘तागेरानीङवाफु माङ्ङे’ भनिन्दैन । ए-तागेरा माङ्ङे ।। ए-नीङवाफु माङ्ङे ।। अर्थात हे-तागेराको ईश्वर ।।हे- नीङवाफुको ईश्वर ।। भनेर सम्बोधन गरिन्छ । यी मुन्धुमी भाषा हुन ।मानिसले खोजेर खोज्न नसकेको, देखेर चिन्न नसकेको ‘माङ’ अर्थात ईश्वरलाई तागेरा-नीङवाफुद्वारा जान्न,बुझ्न सकेकाले हुनाले तागेराको ईश्वर,नीङवाफुको ईश्वर भनियो ।

 

तागेराले सुहाङफे र लाहादङनालाई चेली-माइतीदेखि हाडनाताको सम्बन्धसँगैसाइनोपात आदिको कुरा बताएकी थिइन ।
शरीरका कतिपय अङ्ग प्रदर्शनले स्त्री-पुरूषलाई उत्तेजित बनाउने हुनाले तान बुनेर वस्त्रले तीअङ्गलाई ढाकछोप गर्नतागेराले नै सिकाएकी थिइन । मानिसलाईबाँच्नकालागि सिकार खेल्न औ सुरक्षाकोलागि शत्रुसँग सामना गर्नेवुद्दी र विवेक दिने नीङवाफुहुन । यसर्थ मुन्धुममा वर्णिततीन अक्षर ‘ता गे रा’लाईस्त्रीतत्वअनिचार अक्षर ‘नी ङ वा फु’ लाई पुरूषतत्व मानिएकोछ ।