आज: २३ श्रावण २०७७, शुक्रबार | Fri, 07, Aug, 2020
FLASH NEWS

गायिका रोशनी पन्तको आवाजमा ”आए विन्ति गरन ”भिडियो सहित ।

कञ्चनजंघा अनलाईन २९ असार २०७७, सोमबार १८:०१ मा प्रकाशित ( ३ हफ्ता अघि) २३४ पाठक संख्या

काठमान्डाँै ।
मौलिक परम्परामा आधारित भजनको आफनै किसिमको आकर्षण रहेको छ ।गायिका रोशनी पन्तको आवाजमा रहेको ”आए विन्ति गरन ”को भिडियो अन्जना डिजिटल म्युजिक प्राली मार्फत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

भगवान शिवको प्रंशसा र महत्वलाई गीतमा समेटिएको छ । मानव जगतको कल्याणको कामना गदै गीत ल्याइएकी गायिका रोशनी पन्तले बताइन । बसन्त पन्तको शब्द तथा रोशनी पन्तको लय सिर्जना प्रस्तुत भजनमा रहेको छ । तेजेन्द्र दुरा को एरेन्ज गीतमा छ ।

दिपक गिरीको छायाँकन , निशान एस को सम्पादन तथा निर्देशन भिडियोमा छ ।”आए विन्ति गरन ”भजनको भिडियोमा निशान एस के र प्रंशसा परि सुनारको अभिनय र साथीहरुको नृत्य रहेको छ ।
”आए विन्ति गरन ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।