आज: १० श्रावण २०७८, आईतवार | Sun, 25, Jul, 2021
FLASH NEWS

कलाकारिताको मोह लाई न त सरकारी जागिर न त उमेर ले नै छेक्यो?

कञ्चनजंघा अनलाईन १ श्रावण २०७७, बिहीबार १२:५८ मा प्रकाशित ( १ साल अघि) १९७२ पाठक संख्या

ताप्लेजुङ आम्बेगुदिन मा सामान्य परिवारमा जन्मिएका गंगा कुवंर पेशागत रुपमा निजामती सेवामा कार्यरत रहेका छन । जिवनमा आइपर्ने विभिन्न आरोह अवरोहमा पनी सरल रुपमा आफनो जिवनशैली प्रस्तुत गरेर सबैका प्रिय बन्नु उनको स्वभाव हो । जिवनका विभिन्न आरोह अवरोहमा पनी खुशी साथ आफना सहपाठी माझमा मुस्कान छर्नु उनको स्वभाव हो ।

२०४० सालमा बिधुत प्राधिकरण प्रवेश गरि इलेक्ट्रिकल सुपरभाइजर को पदमा कार्य गर्दै , उनको जिवनमा कला प्रतिको मोह यथावत थियो भने अर्को तर्फ परिवारको रेखदेख को बाध्यता सोही परिवेश मा रुमलिदै जिन्दगी अगाडि बढ्दै थियो भने कला प्रतिको मोह पनि यथावत थियो सोही परिवेश मा उनको भेट निर्देशक शंकर अधिकारी घायल सङ भयो अनि त उनलाइ ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो तर पनि जागिरको बाध्यता थियो सोही क्रममा उनले आफ्नो कलाकारिता उजागर गर्न नेपाली बिधुत प्राधिकरण बाट स्वैच्छिक अबकास लिए अनि शंकर अधिकारी घायल को लेखनर निर्देशनमा बनेको नेपाली कथानक चलचित्र मेरो दिल छ पोखरामा मार्फत नेपाली रजतपटमा खलनायक को भुमिका निर्वाह गर्दै प्रवेश गरे उनको लुक्स ले उनलाइ खलनायक मा अति सुहाएको प्रतिक्रिया पाए पछि उनको हौसला चुलिदै गयो अब उनी खलनायक भएर नै मुवि दानराज, प्रतिशोध , तक्दिर अनि प्रेम पुजारी मा देखा पर्ने तयारीमा जुटेकाछन। हाम्रो शुभकामना गगां कुवर लाई।