आज: २३ श्रावण २०७७, शुक्रबार | Fri, 07, Aug, 2020
FLASH NEWS

९ बर्षीय बालिका नीयाराले ‘ख्याली’ प्रतियोगितामा मच्चाईन तहल्का

कञ्चनजंघा अनलाईन ३ श्रावण २०७७, शनिबार १०:२३ मा प्रकाशित ( २ हफ्ता अघि) १११५ पाठक संख्या

तेह्रथुम । अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता–२०७७ साउन १ गतेदेखी सुरु भएको छ । लिम्बुजातिको पहिचान, भाषा कला र संस्कृतिको संरक्षण गर्ने उदेश्यका साथ आयोजना गरिएको अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगितामा उत्साहजनक सहभागिता रहन थालेको छ ।

ख्याली प्रतियोगितामामा ताप्लेजुङ निवासी ९ बर्षीया बालिका नीयाराले समेत सहभागिता जनाएको प्रतियोगिता व्यवस्थापक होम पारघरीले बताए । फुङ्लिङ नगरपालिका- ९ नम्बर वडा। हाङदेवा निवासी ९ बर्षीया नियाराफुङ मादेनले याक्थुङ ख्यालीमा सहभागिता जनाएका हुन् । ५ कक्षामा अध्यनरत मादेनको सहभागिता प्रति सामाजिक संजालमा बिभिन्न टिका टिप्पणीको साथमा बधाई दिनेहरुको ओहिरो लागेको छ ।

 

ख्याली प्रतियोगिताको प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ३० हजार,२० हजार,१० हजार र ५/५ हजार प्रदान गरिने आयोजकले तयारी गरेपनि पुरस्कारको राशी वृद्धी गर्न सरोकारवालाहरुले सुझाव दिए । साेहि अनुरुप पुरस्कार राशी बढाउने तयारी रहेको आयोजक समिती सह–संयोजक प्रकाश पाक्साँवाले जानकारी दिए ।

ख्याली प्रतियोगिताको एक औपचारिक कार्यक्रमका बिच तेह्रथुमको चोःलुङ पार्कमा चासोक तङ्नामको अवसरमा समापन हुने अन्तर्राष्ट्रिय अनलाइन याक्थुङ ख्याली प्रतियोगिता–२०७७ का संरक्षक टेकराज तिगेलाले बताए ।

भिडियो हेर्नुहाेस्