आज: २३ श्रावण २०७७, शुक्रबार | Fri, 07, Aug, 2020
FLASH NEWS

दमन रुपाखेतीले हास्य टेलिश्रृङखला ”लै बरि लै ”को निर्देशन गर्ने ।

कञ्चनजंघा अनलाईन ७ श्रावण २०७७, बुधबार २१:२२ मा प्रकाशित ( २ हफ्ता अघि) ४७ पाठक संख्या

काठमान्डाँै ।
हास्य टेलिश्रृङखला ”लै बरि लै ”को निर्देशनको जिम्मा हास्य कलाकार दमन रुपाखेतीले गर्ने भएका छन । हास्य विधामा अब्बल रहेका उनले आगामी भाग देखी निर्देशन तथा नयाँ भुमीकामा आउन लागेको बताइएको छ ।

समाजको विभिन्न विकृति एवम विसंगतीका विषयमा आधारित घटनाक्रमलाई सो टेलिश्रृङखलामा समावेश गरिएको छ । मेरी बास्सै लगायतका दर्जनौ हास्य टेलिश्रृङख्ला तथा अन्य टेलिचलचित्रमा उनको अभिनय विगतमा रहेको थियो । वाइड स्किृन मिडियाले बजारमा ल्याएको सो हास्य टेलिश्रृङखला पछिल्लो समयमा युटुवमा सर्वाधिक रोजाईको हास्य टेलिश्रृङखला बनेको छ ।