आज: १० आश्विन २०७७, शनिबार | Sat, 26, Sep, 2020
FLASH NEWS

हट मोडेल रिया श्रेष्ठ र दिपक लामा फिचर्ड ‘के गर्नु माया म’ सार्वजनिक (भिडियो)

कञ्चनजंघा अनलाईन २५ भाद्र २०७७, बिहीबार १५:५६ मा प्रकाशित ( २ हफ्ता अघि) १३८ पाठक संख्या

काठमाडौं । युवा व्यवसायी उद्धव भट्टराईले निर्माण गरेको गीत  ‘के गर्नु माया म’ सार्वजनिक भएको छ ।  उत्तम लामाको शब्द ,संगीत अनि गायक सुरज श्रेष्ठ  र गायिका सीजल श्रेष्ठको स्वर रहेको गीतको भिडियोमा हट मोडेल, नायिका रिया श्रेष्ठ र दिपक लामाको दमदार अभिनय रहेको छ ।
कृष्ण परियारको निर्देशन ,दीपक गिरीको क्यामेरा र अमृत चापागाईंको सम्पादन रहेको गीतको भिडियोलाई मंगलबार  बुढासुब्बा डिजिटल मार्फत मंगलबार सार्वजनिक गरिएको हो ।
निर्माता भट्टराईले गीतको भिडियो राम्रो बनेको र दर्शक र स्रोताबाट पनि राम्रो प्रतिक्रिया आइरहेको बताए भने अब  राम्रा राम्रा गीतहरुको  भिडियो निर्माण सुरु गरिने जानकारी दिनु भयो  ।