आज: ४ कार्तिक २०७७, मंगलवार | Tue, 20, Oct, 2020
FLASH NEWS

मेलिना राई र जे.बी ओलीको स्वरमा “काली आई लभ यु” बजारमा (भिडियो सहित)

कञ्चनजंघा अनलाईन ९ आश्विन २०७७, शुक्रबार १६:५६ मा प्रकाशित ( ३ हफ्ता अघि) ४२ पाठक संख्या

काठमाण्डौ‌ं । चर्चित गायक एबं सर्जक जे.बी ओलीको नयाँ र पृथक गीत “काली आई लभ यु” को भिडियो भर्खरै मात्र सार्वजनिक भएको छ । यस गीतमा जे.बी ओली र मेलिना राईको स्वर रहेको छ सुन्न सकिन्छ “काली आई लभ यु” बोलको गीतमा जे.बी ओली स्वयम् कै कै शब्द, संगीत रहेको छ । बेल्जियम बस्दै आईरहेका गायक तथा सर्जक जे.बी ओलीले यस अघि पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।
प्रस्तुत गीतलाई सबैले माया गरिदिनुहुने छ भन्ने कुरामा उनि बिश्वस्त रहेका छन् । अन्य म्युजिक भिडियोमा प्रयोग नभएका उपकरणहरु प्रयोग गरी पृथक तरिकाले यस गीतको भिडियो निर्माण गरिएको कारणले पनि यस गीतको म्युजिक भिडियो निकै उत्कृष्ठ बनेको छ ।
चर्चित निर्देशक एबं मोडल शंकर बि.सी को निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, सौगात धितालको ड्रोन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । गीतको भिडियोमा शंकर बिसी, महेन्द्र गौतम, अञ्जली अधिकारी, करिश्मा ढकालको उत्कृष्ठ नृत्य तथा अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।