आज: ४ कार्तिक २०७७, मंगलवार | Tue, 20, Oct, 2020
FLASH NEWS

अञ्जुको दुख्ने मुटुमा नायिका मिरुना र ध्रुब दत्तको अभिनय

कञ्चनजंघा अनलाईन २३ आश्विन २०७७, शुक्रबार ०७:३३ मा प्रकाशित ( १ हफ्ता अघि) ६७ पाठक संख्या

काठमाडौं । लोकप्रिय गायिका अञ्जु पन्तको स्वरमा रहेको दुख्ने मुटु बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदुत डाक्टर दुर्गा बहादुर सुवेदी दुबसुको शब्द शृजना रहेको गीतमा राजदुत दुबसु र उनकी पत्नि पुनम सुवेदीको अभिनय रहेको छ । साथै भिडियोमा दुबसु दम्पत्तिका अलावा नायिका मिरुना मगर र अभिनेता ध्रुब दत्तको अभिनय देख्न सकिन्छ ।
साथै भिडियोमा सरदराज आरन, सम्झना आरन, तेजेन्द्र रेग्मी, सुधा शर्मा, राजकुमार गिरीको अभिनय रहेको छ । भिडियोमा अभिनय गर्ने कलाकारहरुमा मिरुना र ध्रुबबाहेकका ३ जोडी नै वास्तविक जोडी हुन् । भिडियो बेलायतका सुप्रशिद्ध स्थलहरुमा छायांकन गरिएको हो ।सार्वजनिक गीतमा सुप्रसिशद्ध संगीतकार आलोकश्रीको संगीत शृजना रहेको छ भने भिडियोको छायांकन सम्दान र निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।