आज: ४ कार्तिक २०७७, मंगलवार | Tue, 20, Oct, 2020
FLASH NEWS

एलिना र कृषलको नयाँ गीतमा देखियो जीवन्त अभिनय

कञ्चनजंघा अनलाईन २३ आश्विन २०७७, शुक्रबार ०७:४५ मा प्रकाशित ( १ हफ्ता अघि) ७३ पाठक संख्या

काठमाडौँ । पछिल्लो पुस्ताकी लोकप्रिय गायिका एलिना चौहानको नयाँ गीत कोसेली फूलको थुँगाको भिडियो सार्वजनिक भएको छ । पछिल्लो समय कृशल र एलिनाको जोडीलाई गायनका अलावा अभिनयमा पनि रुचाइएका कारण यो जोडी कोसेली फूलको थुँगाकोमा पनि कलात्मक अभिनय गर्न सफल भएको छ ।
बेलायतमा बसेर गीत गजल लेखनमा सक्रिय नृपेश उप्रेतीको शब्द र कम्पोज रहेको छ भने संगीत संयोजन पुरुषोत्तम सुवेदीको रहेको छ। ह्वाइट मिडिया प्राली ले निर्माण गरेको कोसेलीको म्युजिक भिडियोको सम्पादन र निर्देशन शक्ति प्रज्वल घिमिरेले गरेका हुन् भने छायांकन नमराज घिमिरे र नृत्य निर्देशन प्रविन थापाले गरेका हुन्।