आज: १० मंसिर २०७७, बुधबार | Wed, 25, Nov, 2020
FLASH NEWS

पाँचथरमा इतिहासमै २४७ बर्षपछि पहिलो पटक रोकियो निशान

कञ्चनजंघा अनलाईन १० कार्तिक २०७७, सोमबार १०:५२ मा प्रकाशित ( ४ हफ्ता अघि) ७८ पाठक संख्या

पाँचथर । पृथ्वीनारायण साहको नेपाल राज्य एकिकरण सम्पन्न भएपछि पाँचथरको याङवरक गाउँपालिका ५ थर्पुमा निशान देखाउन थालिएको निशान देखाउने उत्सब इतिहासमै पहिलो पटक रोकिएकोे छ ।

राज्य एकिकरण क्रममा पुर्वमा राज्य गरेर वसेका लिम्वुवानका सेनासँग भएको लडाँइमा चौथो पटक सम्म जितहार नभएपछि सम्झौता गरेको ताम्रपत्र सँगै उपहारका रुपमा उपलब्ध गराएका २ वटा निशान नचाउने उत्सब कोरोना भाइरसको संक्रमण फैलने त्रासका कारण २४७ बर्षपछि पहिलो पटक रोकिएको हो ।

नेपाल राज्य एकिकरणका क्रममा साह पक्षीय सेनाले प्रयोग गरेका हात हतियार सहितका २ वटा निशान नवरात्रको महानवमीमा प्रदर्शन गर्ने गरिन्थ्यो ।

 

युद्धकै शैलीमा पुराना शस्त्र अस्त्र सहित जंगे र श्रीकम्फु निशान बोकेर नाच्दै देखाइने यो उत्सब इतिहासमै पहिलो पटक स्थगन गरिएको निशान जात्रा व्यवस्थापन समितिका अध्यक्ष सारनन्द योङहाङ बताँउनुहुन्छ । याङवरक ५ काली मन्दिर क्षेत्रमा लगाइदै आएको यो उत्सवलाई १ नम्वर प्रदेशकै सबैभन्दा ठुलो र ऐतिहासिक रुपमा लिने गरिन्छ । जस्को अवलोकन गर्न विगतका वर्षहरुमा नेपालको पुर्वी भागका अधिकांश जिल्लासँगै भारतको सिक्किम दार्जिलिङ र भुटानसम्मबाट दर्शनार्थी आउने गर्थे ।

 

भीडभाडसँगै कोरोना महामारी फैलने सक्ने सम्भावना देखाँउदै स्थानीय सरकारले निर्णय गरेर जात्रा स्थगन गरेको हो । जात्रा स्थगन गरिएपनि निशान सहित प्रदर्शन गरिने हात हतियारको पुजा आरधना स्वास्थका मापदण्ड पालना गर्दै गरिएको छ ।

 

नवरात्र शुरुभएसँगै घटस्थापनाकै दिनबाट विधिवत रुपमा पुजा आरधना शुरु गर्दै महानवमीमा प्रदर्शन गरिने खुँडा र खुकुरी सहितका युद्धका लिन हतियार १८३१ केहि समय पाँचथरको याङवरकमै राखिएकोमा १८८० मा श्रीकम्फु र १९१२ मा श्रीजंग निशान सहितका हतियार तत्कालिन लिम्बु लडाकुका प्रतिनिधिलाई उपहार स्वरुप उपलव्ध गराए पश्चात नियमित रुपमा प्रदर्शन गरिएको इतिहास छ ।