आज: १० मंसिर २०७७, बुधबार | Wed, 25, Nov, 2020
FLASH NEWS

गायिका रचना रिमालको ‘फिदा भए ’ सार्वजनिक ।

कञ्चनजंघा अनलाईन १० कार्तिक २०७७, सोमबार ११:०१ मा प्रकाशित ( ४ हफ्ता अघि) ८० पाठक संख्या

काठमाण्डौं । दशैँको कोशेली स्वरूप गायिका रचना रिमाल र गायक एस लामा ले आफ्नो नयाँ गीत ‘फिदा भए ’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

गीतमा मायालु प्रेमील जोडिको प्रेम प्रसङगलाई समेटिएको छ । मोतिलाल भुजेलको शब्द तथा अशोक थापाको संगीत एवम् एरेन्ज गीतमा रहेको छ । कोभिड १९ को अवस्थामा पनी मुस्ताङका विभिन्न रमणिय स्थानहरुलाई गीतमा कैद गरिएको छ ।

 

पछिल्लो समयमा निकै ब्यस्त छायाँकार सुरज खनालको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ । ‘फिदा भए ’ गीतको भिडियोमा एस लामा, सन्ध्या अहंकारीको फिचरिङ तथा अभिनय रहेको छ ।

‘फिदा भए ’गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।