आज: १० मंसिर २०७७, बुधबार | Wed, 25, Nov, 2020
FLASH NEWS

डिल्ली राम राईको शब्दमा ”तिम्रो आखाँको” भिडियो सहित ।

कञ्चनजंघा अनलाईन २८ कार्तिक २०७७, शुक्रबार १७:२६ मा प्रकाशित ( १ हफ्ता अघि) २०९ पाठक संख्या

काठमाण्डौं ।
नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका हुन लिला गोम्देन राई । उनको आवाजमा रहेको ”तिम्रो आखाँको” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

डिल्ली राम राईको शब्द तथा गंगाराज राईको संगीत गीतमा रहेको छ । प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

पछिल्लो समयमा सर्वाधिक लोकप्रिय निर्देशक मानिएका जस बहादुर याक्खा जसुको निर्देशन भिडियोमा रहेको छ । बुद्ध थापाको छायाँकन , सपकाश दाहालको सम्पादन भिडियोमा छ । ”तिम्रो आखाँको” गीतको भिडियोमा एलिसा राई र निरञ्जन प्रधानको फिचरिङ रहेको छ ।

”तिम्रो आखाँको” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।