आज: १० मंसिर २०७७, बुधबार | Wed, 25, Nov, 2020
FLASH NEWS

जसु याक्खाको निर्देशनमा सुपर हिट गीत’तिम्रो आखाँको’सार्वजनिक

कञ्चनजंघा अनलाईन ४ मंसिर २०७७, बिहीबार ०७:५२ मा प्रकाशित ( ६ दिन अघि) ३४ पाठक संख्या

नेपाली सुगम संगीतमा राम्रो सम्भावना भएकी गायिका हुन् लिला गोम्देन राई । उनको आवाजमा रहेको ”तिम्रो आखाँको” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

डिल्ली राम राईको शब्द तथा गंगाराज राईको संगीत गीतमा रहेको छ । प्रेमील जोडीहरुको मायाको भावलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

पछिल्लो समयमा सर्वाधिक लोकप्रिय निर्देशक मानिएका जस बहादुर याक्खा जसुको निर्देशन भिडियोमा रहेको छ । बुद्ध थापाको छायाँकन , सपकाश दाहालको सम्पादन भिडियोमा छ । ”तिम्रो आखाँको” गीतको भिडियोमा एलिसा राई र निरञ्जन प्रधानको फिचरिङ रहेको छ ।