आज: ३ बैशाख २०७८, शुक्रबार | Fri, 16, Apr, 2021
FLASH NEWS

लिम्बु साहित्यको विकासक्रम: छोटो कैरन

कञ्चनजंघा अनलाईन ३० मंसिर २०७७, मंगलवार ०७:३४ मा प्रकाशित ( ४ महिना अघि) ७४४ पाठक संख्या

✍ विरही काइँला
लिम्बु काव्य विधाका मुहान खोज्न मुन्धुम सम्म पुग्नैपर्छ । कारण मुन्धुम काव्यात्मक रूप हो । लिम्बु भाषामा मुन अर्थात हल्लिनु क्रियाबाट गतिमय स्थितिबोध हुन्छ । गतिको तात्पर्य जीवन्तता । फेरि थुम शब्दले शक्ति वा बलवानको अर्थबोध हुन्छ । किनभने गतिमय शक्तिको अलौकिक स्वरूप नै आत्मा हो । त्यसरी नै थुक अर्थात चढ्नु वा प्रवेश गर्नु, थुक्मा अर्थात शरीरमा प्रवेश गर्नु क्रियाको धातु हो । आत्मा शरीरमा चड्नु वा अदृश्य शक्ति फेदाङबा, साम्बा, येबा, येमाको शरीरमा प्रवेश हुनु अर्थमा जानिन्छ । तिनीहरूले त्यस आत्मत्व शक्तिलाई विधुतको तरङग सरह मुन्धुमहरू लयवद्ध तरिकाले गाउने गर्दछन । यस्ता मुन्धुमहरूलाई थुङसाप अर्थात मौखिक शास्त्र भनिन्छ ।

 

सातौ शताब्दीतिर राजा मावराङले प्रचलनमा ल्याएका लिपिलाई नवौ शताब्दीमा राजा सिरिजङगाले लिम्बु (याक्थुङ) लिपिको रूपमा चिनाए । त्यसपछि औतारी सिरिजङ्गा सिंग थेबेले (१७०४-१७४१) यस लिपिद्वारा थुङसापलाई पेसाप अर्थात लिखित शास्त्र बनाउने कार्य गरे। पछिकाहरूले यो कार्य जारी राखे । लिम्बुवानको पतनपछि पनि आफ्नो भाषा लिपिप्रति फाकोसेक, जोभानसिंग फागो, लालशोर सेन्दाङ, सुबेदार बाजबीर सुब्बा(थलङ),सत्यहाङ पन्थका महागुरू फाल्गुन्द लिङदेन, ईमानसिंह चेम्जोंग आदिको ध्यान आकर्षित हुनु ऐतिहासिक आवश्यक्ता नै थियो ।
त्यसबेला लिम्बु लिपिका २० अक्षर मात्र प्रचलनमा थिए । यसलाई पढ्दा का पा आ मा ता या था ना शा ङा सा वा हा ला जा फा खा रा चा ञा भनी पढिन्थ्यो भने का ले का र गा-को,खा ले घा-को, जा ले जा र झा-को, ता ले ता र दा-को,था ले था र धा-को, पा ले पा र बा-को, फा ले फा र भा-को उच्चेण गर्नु पर्दथ्यो ।

 

सन् १९२८ मा सुबेदार बाजबीर सुब्बा (थलङ)-ले अक्षर पुगेन भनी ११ वटा नयाँ अक्षर थपेर ३१ वटा अक्षर बनाइ तुम याक्थुङ निङवाफु सापला नामक ३२ पृष्ठको पाठ्य पुस्तक तयार गरे । पुस्तकमा लिपि प्रणालीमा सुधार गरी स्वर अनि व्यञ्जनवर्ण उच्चारण गर्नु गर्दा क आम्मा – का, क इक्सु की, क उक्सु कु, क एत्तु के, क ऐनु कै, क तुम्वो(तुमो ले) को, क तुमौ कौ भनेर पढ्नु पर्ने कतिपय व्याकरणका नियमहरू बनाए । उनले मात्रा नदिइकन आकार पढिने पुरानो नियमलाई हटाए । लिम्बु लिपि लेखन कार्यमा बाजबीर सुब्बा (थलङ)-को योगदान महत्वपूर्ण रहेकोछ ।
(तुम याक्थुङ निङवाफु साप्ला,१९२८ ई.) सत्यहाङ पन्थका महागुरू फाल्गुनन्द लिङदेनले बाजबीर सुब्बा(थलङ)-को पुस्तक तुम याक्थुङ निङवाफु साप्ला लिम्बु समाजमा प्रसार प्रचार गरे । पन्थका पुस्तकहरू लिम्बु लिपिमा लेख्न लगाए । महागुरूको सान्निध्यमा सुरथदिल नेम्बाङ,बद्रीनन्द तुम्बापो,सुखदिल राई,गम्भीर याङदेम्बा, मकरजङ याङदेम्बा, मणिनन्द राई, रणधोज नेम्बाङ आदिले सत्यहाङ पन्थका लागि लिम्बु साहित्यको सृजना गरे ।

 

लिम्बु साहित्यमा पनि काव्य नै प्रमुख विधा रहन गएकोले त्यही अनुरूप एवं अनुशीलन नयाँ ढाँचा र स्वरूप बनिन्दै गयो । महागुरू फाल्गुनन्द देखि खेसेहाङ तुम्बापो सम्म आइपुग्दा भक्ति धारालाई अक्षुण्ण राख्ने श्रेय यस चरणको कविताहरूलाई दिनैपर्छ ।
सन् १९५५ मा खडगबहादुर नेम्बाङ(डबल सुब्बा) किरात मिकहन साम्लो-मा छन्द प्रतिष्ठापन गर्न सफल भए । यहीबाट लिम्बु साहित्यको आधुनिक काल आरम्भ भएको मान्न सकिन्छ ।

 

ऐले आएर कविता लेखन क्रममा अमर तुम्याङ सोधुङगेन ईमानसिंह चोत्लुङ (२०६० सं.) थाम्सुहाङ पुष्प सुब्बा माक्खिया फुङ (२०६७ सं. ), सेन्छेन्हाङ इत्निमहा (२०५७ सं.) सेसेमि सेनाल्बो सोबुहाङ्मा (२०५६ सं.), मुइङ २०५१ सं. सासुङ साम्बे (२०५६ सं.), तो?योक्खा?ओ तिङख्रेक्खा, (२०६४ सं.) थाकुहाङ मेरिङ मक्थेबा ताप्माधिक फुङ (२०६५ सं.), केभेक्पा ताप्माधिक फुङ (२०७४सं.), आला मेरिङहा? (२०७४सं.) वीर नेम्बाङ सेम्मुई (१९८६ई.), नेफ? रे मिःम (२००१ई.) विरही काइँला केसामी नाम्सामी, (१९८७ई.), मीक्वा साक्मा तङसीङ मुन्धुम (२०१४ ई.), अक्वाना मुन्धुम (२०१६ ई.) इमानसिंह चेम्जोंग किरातको वेद (१९६१ ई.) थिन्दोलुङ खगेन्द्रसिं साम्यो सोसुम(२०४७ सं.) वैरागी काइँला साप्पोक चोमेन (२०४८ सं.), नाहेन मुन्धुम (२०५१ सं), साम्सोघा मुन्धुम (२०५१ सं.), तङसिङतक्मा मुन्धुम (२०५२ सं.), मुजिङना खेयोङना मुन्धुम (२०७० सं.), नाम्सामि-केसामि मुन्धुम (२०७० सं.), पाजाइ मुन्धुम (२०७० सं.), खाप्पुनामा मेल्लङहाङ्मा मुन्धुम र लुप्लिनामा वदन्नामा मुन्धुम (२०७०सं.), लाहादङना-सुहाम्फेबा मुन्धुम (२०७० सं.) ध्रुब कु. मेन्याङबो र अर्जुनबाबु माबुहाङ सिभाक यामि मुन्धुम (२०६६ सं.) बुद्दिलाल लेक्वाहाङ खाम्धाक पेनजिरी पेनमिक (१९९८ ई.), कुसङ तङनाम (२००७ ई.) अम्बिका कुमार सम्बाहाम्फे चारमाया पालाम (२०७२ सं.) पूर्णसिंह मुरिङला आनी निङसाङहा (१९९७ ई.) मणिराज हुक्पा र जसलाल सावदेन सकलिन (१९८८ ई.)
(लिम्बु लिपिमा प्रकाशित पुस्तकहरू) टंक वनेम पेनजिरी पेनमिक्हा (२०६२ सं.) उत्तमकुमार यङहाङ याक्थुङ साम्लो (२०६२ सं.) रैप्रसाद हुक्पा चङबाङ साम्बा मुन्धुम (२०६६ सं.) बिर्खमान पेघा आजिबा येम्हामो (१९९३ ई.), निसुम (२०१२ ई.) मुरिङला बी.बी. सुभा साम्मिला साप्सक (१९९६,२००४ ई.) बी.एल. सावदेन मुन्धुमले इक्लाहा (१९९५ ई.) धनरोती खाम्धाक सुक्कुम (१९९५ ई.), साक्खिहा (१९९५ ई.),काइ (२००३ ई.) चन्द्र माङयुङ हेक्केआङसाङ कुसिङ नितम लआ (१९९८ ई.) टी.बी. लेक्वाहाङ मिक्वारे तेपक्वाहा (१९९८ ई.) रामहाङ सिसेक आ लाम्दीक (१९९९ ई.) पी.एस. इजम सियाक्पेक सिगाङबा फुङ (१९९९ ई.) एम.बी. नेम्बाङ माङसेवा सामलोसुङ येहाङ लाओती लाओती येहाङलेन नुबोङ साममिल्लाहा (२०५४ सं.) थिबोङसा याक्थुम्बा सेन्छेन्हाङ र मदन चोङबाङ अम्लाफुङ (२०५३ सं.) सन्तोष तेराप्पे मुङवा (२००१ई.), मिक्सेन (२००५ ई.), मिम्जिमे (२००९ ई.), इन्दोसिगाङ (२०११ ई.) सेसेहाङ फियाक तोलिङसोमुवा आसाममिल्लाहा (२०६०सं.), इक्सा सामदाङबा फुङहा (२०६१ सं.) तोङसा नेयोङहाङ फुङकाप्ला (२०६१ सं.) लछामी सेर्मा पापो नामयाप्मीरे हिङमन्हा (२०६२ सं.) सुकबीर तामलिङ निङवासे इत्हा (१९९६ई.) हरि हुक्पा चोङबाङ सेन्छेन्हाङ थक्लारेन तराप्पो तगि पोमेल्ले (२०४४ सं.) रामहाङ खाम्धाक आलामदिक डिल्ली लिङदम मना चइत (२०५६ सं.) सेर्मा साम्जिरी सेमि सुम्सुम सामम्मिल्ला सुङ (२०५९ सं.) मारूक खाम्धाक नसान आर.बी. याक्थुङ चुम के पोङमा मुन्धुम (१९९६ई.) तेजबहादुर फागो पन्धाक सावा येत्हाङ मुन्धुम (२०६० सं.) प्रेमदीप थाम्सुहाङ सुक्कुम (२०६१सं.) आन्छुमे नसान निङवा सिगाङ इक्लाहा (२०६२ सं.) निशेष आङदेम्बे थाङबेन (२०६२ सं.) रनधोज सिरेङ चोङबाङ बलिहाङ तङनाम लारिङगेक नाम्लिङगेक मुन्धुम (२०६५ सं.) राजकुमार तेयुङ तरेबा लिम्बुवान आम्मा (२०६४ सं.) जसराज लिम्बु पन्धाक मुजोक्लुङ खाम्बमोक्लुङ मुन्धुम (२००३ ई.) दिलेन्द्र सुभा कुरूम्बाङ आहिममिन (२००६ई.) सन्योष खाम्धाक मिकसेन (२००५ ई.) चन्द्रमणि तुम्बापो मारे मिमजीओ (१९९० ई.), थक्वालाम सोरङङिल्ले (२०१५ई.) रणबहादुर मेन्याङबो किरात येत्हाङ साम्जिक मुन्धुम (२०५७ सं.), किरात याक्थुङ साम्लो (२०४८ सं.) बल मुरिङला नेपाललाम मेन्छयासित फेरे (२०१३ ई.), पोक्की (२००६ ई.), खाप्मिपा एगाङबा तोक्ला (२०११ ई.) पी.एम. नेम्बाङ र सन्तवीर खाम्धाक युमासाम नु पालाम (१९६४ ई.) बलि छथरे तुक्सि फुङदाप्लाघा (२०६४ सं.), लिम्बुवान माम्मा (२०६४ सं.), थाप्पुरे मिक्खु (२०७० सं.) भवानी तावा लाबे पम्बम (२०६६ स.), नान्दिम्भेयो सेप्माङहा (२०६७ सं.) राजेन्द्र चबेगु हाङवासाङ मनाधिक मैबेआङ होप (२०६७ सं.) भित्रागी काइँला केदाप्पा निङवाहा (२०६७ सं.) पुष्पहाङ लोवा तङअम्भुङ (२०६७ सं.) राज माङलाक येम्रे कुनाराहा (२०६७ सं.) निशेष आङदेम्बे (थाङबेन,२०६८ सं.) रानीटारे साइँला कुहोप्मिरेन लाङ्गाङहा (२०६९ सं.) मुक्साम लाओती र राज माङलाक याक्थुङ साम्मिल्ला लक थीक (२०७० सं.) कर्णहाङ तामलिङ याम्लाक्वा (२०१८ ई.) राधिका हुक्पा चोङबाङ नामफुङ थप्परा,प्रभृतिमा भाव र शिल्पमा नवीनता विधमान छ ।
लिम्बु कथात्मक फाटमा काजीमान कन्दङवा को कारबार (७ फरवरी १९५७ ई.)-लाई लिम्बुको आधुनिक कथा लेखनको थालनी नमानी धर पाइन्न । यसपछि हर्क खाम्धाक को सककेक (२०८४ ई.) सम्बरमान तामलिङ को मिकचिरी मिक्पे (१९९६ ई.) धनरोती सुब्बा को साक्खिहा बसन्ती पाराङदेन को चेरेनाम थेरेनाम (१९९९ ई.) सेसेहाङ फियाक को रूमेरे कुसेप्माङ (२०६१सं.) राजभक्त चेमजोंग र डिल्ली लिङदम को मिक्तोक(२०६२ सं.) क्षितिज सुब्बा(साँवा) को बाजाहाङ नु योनाहाङ(२०६६ सं.) थाम्सुहाङ पुष्प सुभा को सेलाक नु पाङयोक (२०६८ सं.) भवानी तावा को हिन्जा पिछु (२०६९ सं.) सम्बर ताम्लिङ को मिक्चिरि मिक्पे (१९९६ ई.) देवमान याक्थुङ होन्दोक को मिक्किफुङले वे नाइबेक(१९९३ ई.) बुधि लेक्वाहाङ खाम्धाक को इत्लाबा सेप्माङहा(१९९७ ई.) पदमसिंह इजम को याम्मो आदुमरछ(१९९९ ई.) बसन्ती पाराङदेन को चेरेनाम थेरेनाम (१९९९ ई.) मानहाङ खाम्धाक को मिम्जिरे मिक्वा (२००१ ई.) प्रेम मुरिङला को सेप्माङ खेदासुङ (२००९ ई.) दिलमाया पाराङदेन को कुभ्रेङवा अङेक्वा (२०१३ ई.) जी.एम. खाम्धाक को लाम्दिक्को लाम्हाओ (२०१४ ई.) बी.आर. सुभा मुरिङला को खैदा इत्छि (२०१६ ई.) पूर्णकुमारी लिङदेन को खेबक्पाल्ले कुसेप्माङ (२०१२ ई.) आदि कथा संग्रह प्रकाशित भए ।

 

प्रयोगको दृष्टिकोणमा पदमसिंह मुरिङला अपतन को उपन्यास थत्थामा (१९८३ ई.) –मा लिम्बु साँस्कृतिक जीवन देखाउने प्रयास गरिएको पाइन्छ । परमपरावादी औपन्यासिक तत्वहरूका सफल प्रयोग देवमान याक्थुङ ’होन्दोक’ को थेत्लङ (१९९३ ई.), साकमुरा (१९८९ ई.), लेप्मी (१९९५ ई.)-मा पनि भएको छ । सामसामयिक बस्तुस्थिति लिएर मणिराज हुक्पा फुङबोनाई (१९८५ ई.) सतकुमार सिङधाप हिङमेल्ले ताङवा लाम्दीके (१९८७ ई.) ललित मुरिङला मिम इप्लेखे (१९८८ ई.) बी.बी. पक्खिम चोसाप लुङ्मा (१९९१ ई.) इन्द्र पक्खिम निङवासो बी.एल सावदेन सेप्माङ , उत्तमकुमार यङहाङ लोजी (२०६२ सं.) क्षितिज सुब्बा थङ (२०६८ सं.) थाम्सुहाङ पुष्प सुभा सेन्दी पेसाप (२०६८ सं.) दिलमाया पाराङदेन काप्सामेन (२०१५ ई.) देनहाङ लिम्बु ताम्लिङ तोहाङ्ले कुदक्या (२०१० ई.) टी.बी.लेक्वाहाङ मिक्वारक केधाप्सु (२००० ई.) नवल फाइबाली (नरबहादुर यङहाङ) नानु? खदेम (२०६९ सं.) आर.बी. याक्थुम चुम मुदाङ सेरी (२००२ ई.) रूपलाल खाम्धाक निङवासोरत (२००५ ई.) थाकुहाङ मेरिङ निङ्गेङ सिदाङबा सेप्माङहा (२०६० सं.) नाम्भेराबा ताक्तेन (२०६१ सं.), मेनु (२०६२ सं.), कोयेम्बा हिङमन (२०६५ सं.), इरेम्फुङ (२०७४ सं.) एच.बी.पन्धाक सानिम्मा (२००७ ई.) बुद्धीदास पन्धाक चकमेम्बुबा मिम (२०१७ ई.) प्रभूति उपन्यासमा मानवीय मनोवृतितर्फ परिलक्षित देखिन्छन ।

 

लिम्बुका कतिपय धार्मिक अनुष्ठानहरूलाई आख्यानतात्मक तथ्यको अनुकार्यप्रधान संवादात्मक नाटकको संग्या दिन सकिने थुपै आधारहरू छन । तर लिम्बु साहित्यमा सबैभन्दा कम लेखिएको विधा नै नाटक हो । लिम्बु नाटक लेखनका आरम्भकर्ता सतकुमार सिङधाप को केरेक्ले मिक्ओबा ताम्जी (१९८६ ई.) –ले नाटक लेखनको प्रतिनिधित्व चाहिँ गरेको छ भन्न मिल्दैन । नाटकको सार्थक स्वरूपको परिचय त्यसको मंचन र अभिनय हो । नाटक लेखनका स्वरूप शारदा सुब्बा को कुसङसेमी (अनुवादःविरही काइँला र येहाङ लाओती (१९९२ ई.) सधै सन्दभिर्त रहन्छ । यस्तै प्रकार उत्तमकुमार यङहाङ सेप्माङ कुसेप्माङ (२०६२ सं.) अमर तुम्याहाङ र डिल्ली लिङदम मसेक्ना (२०६९ सं.) मलिसा याक्थुङबा खामाक पाङभेलेन तुङहा (२०६८ सं.) सागर केरूङ नुमाहाङ्मा (२०६८ सं.), केमाबा लाजे (२०७० सं.) नवीनकला आङदेम्बे सनारूङ कोःप्मानाइल्ले खओःम्मानाबा तनालुङङिन (२०६४ सं.) मुरिङला बी.बी.सुभा लेङहङ(१९७८ ई.) पूर्णीमा नुगो मेत येम्बा खेदा (१९८२ ई.)श्याम बहादुर याक्थुङ सेम्मुइ(१९९३ई.) बसन्ती पाराङदेन खेप्मारेन कुबुङ (१९८९ ई.) केशव नाम्भेराबा माङयुङ आधिङ्गानीरे मिम (१९९५ ई.) सन माङयुङ याक्थुङ साप्पान्लेन (१९९७ ई.) बुद्धी लेक्वाहाङ खाम्धाक आङबो हिम्मो (१९९९ ई.) मानहाङ खाम्धाक वेआङ मेत्तेसो (२००४ ई.) बिमित लक्सम बिक्रमहाङ तेम्भुक च्ये (२००७ ई.) हर्कबहादुर नुगो खेसुङ (२००७ ई.) पूर्णबहादुर खामधाक चभा (२०१० ई.) धनरोती याप्मी खाम्धाक २० फरवरी (२०१३ ई.) रामहाङ सिसेक खाम्धाक निसाम्लेन येक्या (२०११ ई.) माङहाङ ताम्लिङ याक्थुङ चुम्लुङ सभा (२०११ ई.) सिरिजङ्गा ताम्लिङ पान नाक (२०१२ ई.) मनिषा याक्थुङ कुघेक सङदेन (२०१५ ई.) सेसेहाङ फियाक पाङभेबा इङघङ (२०१५ ई.)-ले नाटक विधामा विकास निम्ताएको छ भन्दा कुनै विग्य लेखकमा मतान्तर नहोला ।

 

लिम्बु गध फाँटलाई हरियो भरियो तुल्याउन र यसको विकास गराउने बौदिक प्रधान निवन्धात्मक गध लेख्नेहरूको जमातमा जोभानसिंह फागो, पदमसिंह मुरिङला, बी.बी. मुरिङला, उत्तमकुमार यङहाङ, थाम्सुहाङ पुष्प सुभा, वैरागी काइँला, एस.आर.खजुम, रणध्वज श्रेङ, मोहन फुरूम्बो, विरही काइँला, बी.एल. लेक्वाहाङ खाम्धाक, अमर तुम्याहाङ, मलिसा याक्थुङबा, आसबहादुर सुभा मुरिङला, प्रभृति पर्दछ । हुन त येहाङ लाओती, तेजबहादुर फागो, मोहन इजम, बी.बी.पक्खीम, बी.एल.सावदेन, लक्ष्मी सेर्मा, रणबहादुर मेन्याङबो, दुर्गाप्रसाद फोपाहाङ, लिला तुम्बापो, इमाहाङ सेत्लिङ, दिर्घमान खाम्धाक, हर्क खाम्धाक, तकन्छाबा नेम्बाङ, खिलकुमार सुब्बा र अन्यले पनि समयानुकुल हुन नसकेका व्यवस्थाहरूको सुधार ल्याउने खालका गध लेखनलाई आधार लिँदै अघि बढे तापनि बस्तुवादी प्रयोगमा जोभानसिंह फागो पछि वैरागी काइँला शीर्षस्थ स्थानमा छन । यसरी निरन्तर विकासमुखी बन्दै गएको लिम्बु साहित्यगत निवन्ध समालोचना लेखन पद्धतिमा नवीनता प्रयोग आग्रही देखा पर्दछ ।

निष्कर्षः हामी के भन्न सक्छौ भने लिम्बु साहित्यको प्रायः सबै विधाहरूमा लेखिएका पुस्तकहरूको अब त्यस्तो अभाव छैन । तर पुस्तकहरूको अध्ययन, मनन-मन्थन गर्नुको औचित्य वा आवश्यक्ता भने हामीले आत्त्सात गर्न सकिरहेका छैनौ ।