आज: १० श्रावण २०७८, आईतवार | Sun, 25, Jul, 2021
FLASH NEWS

जन्मदै दुवै आँखा नभएका रमेश प्रसाईको यस्तो छ जिवन कहानी, आमा भन्छिन्, ‘छिमेकीले नै वि’ष खुवाएर मारिदेउ भन्थे’ (भिडियो हेर्नुस्)

कञ्चनजंघा अनलाईन ३ पुष २०७७, शुक्रबार ०७:५५ मा प्रकाशित ( ७ महिना अघि) ५५० पाठक संख्या

काठमाडौं । रमेश प्रसाई ताप्लेजुंगमा २०५० सालमा भएको हो उनका बुवा आमा शिक्षण पेशामा संलग्न छन् । त्यसैले उनी साथैदेखि चेतनशिल थिए । दुवै आँखा नभएका उनी जन्मजात नै यस्तै हुन् । उनी सामाजिक विषयमा बोल्छन्, सामाजिक सञ्जालमा पनि निकै सकृय छन् ।झापाको गह्रामुनीमा उनी ५ कक्षा सम्म पढेका हुन् । त्यसपछि उनी पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयमा पढ्न थाले । त्यो विद्यालयमा दृष्टिविहिन विद्यार्थीहरु अध्ययन गर्ने गर्थे । दृष्टिविहिन मात्र अध्ययन गर्ने विद्यालय भएकाले उनलाई त्यहाँ पढ्न पनि सजिलो भयो । उनी सानै देखि नै गीत संगीतमा रुची राख्थे ।

 

दृष्टिविहिनहरुका लागि उपयुक्त हुने विभिन्न कृयाकलाप गराउने भएकाले अन्य कृयाकलापमा पनि उनी सकृय थिए । उनले २०६९ सालमा एसएलसी दिएर पहिलो श्रेणिमा पास गरे । पहिलो पटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा उनले पहिलो पटक सामाजिक सञ्जाल फेसवुकमा लाइभमा आएर दिएको अभिब्यक्ति पछि चर्चित भएका थिए । २०७५ साल बैशाखमा नरेन्द्र मोदी नेपाल आउँदा उनले त्यसवारे बोलेका थिए । सामाजिक सञ्जालमा उनले निकै खरो भनाई सार्वजनिक गरेका थिए । त्यो भनाई निकै चर्चित भयो । भिडियो हेर्नुस्