आज: ३ जेष्ठ २०७८, सोमबार | Mon, 17, May, 2021
FLASH NEWS

न्यूयोर्कमा रहेका चर्चित नेपाली कलाकार शंकर बिसी टेक्सस पुगेर हिउँसंग रमाउँदै (फोटो फिचर)

कञ्चनजंघा अनलाईन ७ फाल्गुन २०७७, शुक्रबार ०७:५४ मा प्रकाशित ( २ महिना अघि) १८८ पाठक संख्या

न्यूयोर्क । नेपाली कलाकारिता क्षेत्रमा दशकौंको लोकप्रिय छवि बनाएका कलाकार शंकर विसी टेक्ससमा हिउँ खेलिरहेका तस्विरहरु सार्वजनिक भएका छन् । लामो समयदेखी न्यूयोर्कमा रहँदै आएका कलाकार बिसी टेक्सस आएर हिउँसंग रमाईरहेका दृश्य पनि आकर्षक र कुनै चलिचित्र या म्यूजिक भिडियोमा कैद दृश्यजस्तै प्रतित हुन्छ ।

नेपालगञ्जमा जन्मिएर राजधानी काठमाडौंलाई लामो समय कर्मथलो बनाएका शंकर बालकदेखी बृद्ध सम्मलाई मन परेका बलाकर्मी हुन् । अमेरिकामा रहेर पनि नेपाली कला र संगीत क्षेत्रमा अत्यन्त महत्वपूर्ण योगदान पुर्याएका विसी यहाँ रहेका नेपाली समुदाय र बिभिन्न क्षेत्र संवद्ध ब्यक्तीहरुमाझ उत्तिकै आत्मिय र प्रियरुपमा भेटिन्छन् ।

 

यतिबेला उनि टेक्ससमा छन् । नेपाली समुदाय रहेका धेरै राज्यमा हिमपातका कारण जवजिवन भौतिक र मानसिक रुपमा त्रासदी बोकिरहेका बेला कलाकार बिसी भने लामो यात्रा तय गरेरै पनि यो समय टेक्सस आएका छन् । कलाकार स्वभावैले लहडी र आम मानिस भन्दा भिन्न हुन्छ भन्ने कुरा उनको यो यात्रा र उत्तिकै उत्साहका साथ नयाँ ठाउँको हिमपातमा पनि रमाईरहेका दृश्य यस अर्थ पनि प्रेरक लाग्दछ कि हामी संन्त्रासलाई खुसीहरुले जित्न सक्छौं ।
हजारौंको संख्यामा उनले म्यूजिक भिडियोमा अभिनय गरे, हजारौं गीतहरु कुशलतापूर्वक निर्देशकिय जिम्मेवारीमा रहेर निर्माण गरे, हजारौं गीतमा कोरियोग्राफी संगै चलचित्र निर्देशन र अभिनय गरे । सानैबाट कलाकारितामा लगाव भएका उनलाई सिमित भूगोलसंग तुलना गर्न मिल्दैन सायद । त्यसैले पनि उनका जीवनका भिन्न भिन्न कालखण्ड भिन्न भिन्न स्थानबाट सफलतापूर्वक अघि बढिरहेको देखिन्छन् । चाहे, नेपालगञ्जको बाल्यकाल होस् या कलेज पढ्न गएका सुर्खेतका दिनहरु, या त कलाकार बन्न भागैर काठमाण्डौ आएको त्यो पल या अमेरिकामा रहँदा भिन्न भिन्न राज्यहरुमा हार्दिकता पूर्वक देखिने उनको उपस्थिती ।

 

यूएस खबरलाई कलाकार बिसीले दिएको जानकारी अनुसार उनि १ महिना पछि नेपाल आउने तयारीमा रहेका छन् । कोभिड १९ ले आकान्त अमेरिका र यस बर्षको सुरुवाटै जन जीवन प्रभावित हुने गरि परिरहेको हिमपातले यहाँ रहेका नेपाली समुदायपनि असहज अवस्थामा रहेको बताउँदै उनले अमेरिकामा बिभिन्न राज्यमा रहेका नेपालीहरुलाई शुरक्षित रहन र विपतका समय संन्त्रासमा मात्र केन्द्रित हुनु भन्दा सृजनशिल र यो केही समयका लागि मात्र आएको अप्ठ्यारो हो र फेरी हामी सहज बातावरणमा फर्कदैं छौं भन्ने आत्मविश्वासलाई जगाउन पनि आग्रह गरेका छन् ।