आज: १० श्रावण २०७८, आईतवार | Sun, 25, Jul, 2021
FLASH NEWS

पर्यटकहरुको नजरमा ‌ओझेल रहेको, तेह्रथुमको चाङलुङ गुफा

कञ्चनजंघा अनलाईन ८ चैत्र २०७७, आईतवार १७:५८ मा प्रकाशित ( ४ महिना अघि) २४३ पाठक संख्या

तेह्रथुम ।  छथर गाउँपालिका वडा नं. ६, सुदाप तेह्रथुममा अवस्थित चाङलुङ गुफाकेही वर्षअघिसम्म झोरझाडी जंगल र ओडारझैं देखिँदा यहाँका स्थानीयहरू गुफामा पुग्नै डराउने गर्थे । ओझेलमा रहेको गुफालाई देवस्थलको रूपमा पूजाआजा गर्दै आएका थिए यहाँका स्थानीय । गाउँपालिकाकै धेरै थाहा थिएन यो गुफाको बारे । दुई वर्षसम्म गुमनाममा रहेको गुफा संरक्षणका स्थानीय युवाको सक्रियतामा सुरु गरेपछि प्रचारमा आउन थालेको हो । धनकुटाको सिधुवादेखि सवारी साधनमा करिब १ घण्टामा पुग्न सकिने गुफा पछिल्लो समय पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । आन्तरिक पर्यटकहरूको रोजाइमा रहेको गुफामा पछिल्लो समय दैनिक ५० देखि १ सयजना गुफा अवलोकनमा आउने गरेका छन् ।
खासगरी मेला पर्वहरूमा भने पर्यटकहरूको घुइँचो हुन थालेको छ । चारैतिर हरियाली वनको काखमा रहेको गुफासँगै निर्माणधीन भ्यूटावरमा पर्यटकहरू रमाउने गरेका छन् । गुफा क्षेत्रमा आवातजावात सहज बनाउनका लागि सिडी तथा रेलिङहरू निर्माण गरिएको छ । यो गुफामा दर्शन गरी भाकल गरे मनोकांक्ष पूरा हुने विश्वास रहँदै आएको छ । स्थानीय युवाहरूको सक्रिय तथा ताक्लुङ तक्मीनाक्ला संरक्षण समितिको अगुवाईमा गुफालाई संरक्षण सम्वद्र्धनमा जुटेपछि प्रचारमा आउन थालेको थियो ।