आज: ३ बैशाख २०७८, शुक्रबार | Fri, 16, Apr, 2021
FLASH NEWS

धनकुटा साँगुरीगढी-३ मा नेकपा एमाले परित्याग गरि दर्जन बढी कांग्रेसमा प्रवेश

कञ्चनजंघा अनलाईन १३ चैत्र २०७७, शुक्रबार ०७:५० मा प्रकाशित ( ३ हफ्ता अघि) ९९ पाठक संख्या

तेह्रथुम । धनकुटा साँगुरीगढी ३ मा नेपाल कम्युनिष्ट पार्टी एमाले परित्याग गरि यूवा संघको वडा सदस्य मीन कुमार भूजेलकाे नेतृत्वमा दर्जन बढी नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन् ।

 

नेकपा एमालेले निर्वाचन जित्नको लागि विभिन्न आश्वसन मात्र बाँडेको,केही आसेपासेहरूको मात्रै काम गरेको आम जनतालाई ढाँटेको आरोप लगाउदै नेकपा एमाले परित्याग गरेको एमाले परित्याग गरेका टिकाराम अधिकारीले बताउनु भयो ।नरोत्तम लिम्बू,दिपेन्द्र कुमार कार्की,लाल बहादुर माझी,गणेश बहादुर लिम्बू,खड्ग बहादुर अधिकारी,डिक बहादुर अधिकारी,पवन अधिकारी,चन्द्र बहादुर कार्की,छविलाल राई लगायत दर्जन बढी नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

 

नेपाली कांग्रेस महासमिति सदस्य कमोट फागोको प्रमुख आतिथ्यमा साँगुरीगढी वडा नं.-३ को कुशेटारमा पार्टी प्रवेश कार्यक्रम आज सम्पन्न भएको हो ।धनकुटामा सचेत मानिसहरूले धनकुटाको आमुल विकासको लागि परिवर्तन हुन जरूरी रहेको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस महासमिति सदस्य फागोले बताउनु भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य मोहोन वान्तावा,नेपालधन राई र रमेश इवाहाङ्,नेपाली कांग्रेसका निर्वाचन क्षेत्र क का सभापति जितेन्द्र राईले समेत मन्तब्य राख्नु भएको थियो ।

साँगुरीगढी वडा नं.-३ का यूवाहरूलाई कार्यक्रममा नेपाली कांग्रेसका यूवा नेता महासमिति सदस्य फागोले एक दर्जन फुटबलको जर्सी र केही थान फुटबल समेत हस्तान्तरण गर्नु भएको थियो ।

 

आजै भएको भेलाले नरोत्तम लिम्बुको सभापतित्वमा ११ सदस्यीय साँगुरीगढी वडा नं ३ कुशेटार टोल समिति समेत गठन गरिएको छ ।

नेपाली कांग्रेस साँगुरीगढी-३ का कार्यवाहक सभापति कृष्ण प्रसाद लिम्बुको अध्यक्षतामा सम्पन्न भएकाे थियाे । कार्यक्रम संचालन वडा सचिव खगेन्द्र लिम्बुले गर्नुभएको थियो ।