आज: ३ बैशाख २०७८, शुक्रबार | Fri, 16, Apr, 2021
FLASH NEWS

गायिका रानी शाक्य र  पुषोत्तम न्यौपानेको आवाजमा “सुहाउँदैन ओठमा हाँसो” सार्वजनिक

कञ्चनजंघा अनलाईन २१ चैत्र २०७७, शनिबार ०८:०१ मा प्रकाशित ( १ हफ्ता अघि) १०० पाठक संख्या

काठमाण्डौं
अमेरिकामा रहेर पनी नेपाली गायनमा सक्रिय गायिका रानी शाक्य र  पुषोत्तम न्यौपानेको आवाजमा रहेको “सुहाउँदैन ओठमा हाँसो ” गीतको भिडियो सार्वजनिक भएको छ ।

जिवनका विभिन्न आरोह अवरोहलाई गीतमा समेटिएको छ । प्रदिप सुवेदीको शब्द तथा पुषोत्तम न्यौपानेको संगीत संयोजन गीतमा रहेको छ । जिवन भोगाईमा भेटिएका पिडा र रोदनलाई गीतमा समेटिएका कारण हर मानिसको मनमा गीत बस्न सफल हुनेमा आफु निकै आशावादी रहेको गायिका रानीले बताईन ।

नवराज न्यौपानेको छायाँकन ,शक्ति प्रज्वल घिमिरेको निर्देशन भिडियोमा रहेको छ । “सुहाउँदैन ओठमा हाँसो” गीतको भिडियोमा कमल सिंह , गीता ढुगाना , तेजेन्द्र गौत्तम र नवराज भटटराईको अभिनय रहेको छ ।

₩सुहाउँदैन ओठमा हाँसो₩ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।